काठमाडौं । उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ।
त्रिपुरेश्वरमा खोलिएको पार्टी कार्यालय उर्जामन्त्री मन्त्री कुलमान घिसिङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
मन्त्री घिसिङले नै उज्यालो नेपाल पार्टी गठन गरेका हुन्। उनी हाल सरकारमा रहेकोले पार्टीको जिम्मेवारीमा भने छैनन्।
पार्टीको अध्यक्षमा पूर्वसचिव अनुप उपाध्याय छन्। पार्टीको चुनाव चिह्न चिम छ।


