सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बुर्जुवा जीवनशैली र प्रदर्शनको राजनीति

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
बुर्जुवा जीवनशैली र प्रदर्शनको राजनीति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-खडग पाण्डे

अर्थशास्त्रमा उपभोगसम्बन्धी एउटा सिद्धान्त छ। त्यसलाई ‘प्रदर्शन प्रभाव’ (Demonstration Effect) भनिन्छ। यस सिद्धान्तअनुसार मानिसले उपभोग, खर्च र जीवनशैली आफ्ना वास्तविक आवश्यकता वा आम्दानीका आधारमा तय गर्दैन। ऊ अरूको जीवनशैलीको नक्कल गरेर निर्णय गर्छ। सामान्य उदाहरण लिऔँ। छिमेकीले महँगो कपडा वा गहना किन्छ। त्यसपछि अर्को छिमेकी त्यस्तै वा त्यो भन्दा महँगो वा छिमेकीसंग नभएको वस्तु किनेर देखाउन खोज्दछ। मनमनै भन्दछ- हेर, त भन्दा म के कम। यो प्रदर्शन सामाजिक प्रतिष्ठासँग जोडिन्छ। यसले व्यक्तिलाई आफू उच्च भएको अनुभूति गराउँछ।

मार्क्सवादी दृष्टिले पर्दर्शनी प्रभाव व्यक्तिगत कमजोरी होइन। यो पुँजीवादी उत्पादन सम्बन्धले सिर्जना गरेको सामाजिक बाध्यता हो। पुँजीवादमा उत्पादन आवश्यकताका लागि होइन, नाफाका लागि हुन्छ। नाफा बढाउन उपभोग बढाउनुपर्छ। उपभोग बढाउन देखावटी चाहना (conspicuous desire) उत्पादन गरिन्छ। यही प्रक्रियाबाट पर्दर्शनी प्रभाव जन्मिन्छ।

मार्क्सका अनुसार पुँजीवादमा वस्तु केवल उपयोगका साधन हुँदैनन्। वस्तु प्रतिष्ठा, हैसियत र पहिचानका प्रतीक बन्छन्। मानिसले वस्तु किन्दैन। ऊ सामाजिक दर्जा, प्रतिष्ठा र  हैसियत किन्छ। छिमेकीले मोटरसाइकल किन्दा अर्को मोटरसाईकल नभएको छिमेकीलाई पैदल हिँड्न लाज लाग्छ। यो लाज व्यक्तिगत होइन। यो पुँजीवादले प्रणालीगत रूपमा सिर्जना गरिएको अनुभूति हो।

पर्दर्शनी प्रभावले वर्ग संघर्षलाई वर्गीय नक्कलमा रूपान्तरण गर्दछ। श्रमिक वर्गले बुर्जुवा वर्गको जीवनशैली नक्कल गर्न थाल्छ। यसरी संघर्ष प्रणालीविरुद्ध होइन, व्यक्तिविरुद्ध मोडिन्छ। उपभोगसँग सामाजिक प्रतिष्ठा जोडिने दबाब बढ्छ। यसले श्रमिक र भुईँमान्छेलाई ऋणमा धकेल्छ। ऋणले उनीहरूलाई अझ लामो समय काम गर्न बाध्य बनाउँछ। अझ कम शर्तमा काम गर्नुपर्छ। पुँजीवादमा ऋण शासनकोपनि एउटा  हतियार हो।

यसै बीच मानिसले गरिबीलाई प्रणालीको परिणाम ठान्दैन। ऊ यसलाई व्यक्तिगत असफलता ठान्छ। “मैले मेहनत गरिनँ” भन्ने आत्मग्लानि पैदा हुन्छ। यही सोचले पुँजीवादी संरचनालाई निर्दोष देखाउँछ। अन्ततः पर्दर्शनी प्रभावले राजनीतिक चेतनालाई उपभोगीय इच्छामा बदलिदिन्छ। जनता परिवर्तन चाहँदैनन्। उनीहरू ‘अपग्रेड’ चाहन्छन्। उपभोक्तावादी समाजमा मानिस नागरिकभन्दा पहिले उपभोक्ता बन्छ। ऊ विचार हेर्दैन। ऊ दृश्य र माहोल हेर्छ। नीति होइन, तत्काल फाइदा दिने प्याकेजिङ रोज्छ।

उपभोक्तावादको पर्दर्शनी प्रभावले जनता भन्दा नेताहरूलाई बढी प्रभावित गरेको छ। हिजो भुईँबाट उठेका धेरै नेता आज आफ्नो वर्गिय धरातल बिर्सेंकाछन। सत्तामा पुगेपछि उनीहरूले जनतासँगको प्रतिबद्धता बिर्सिए। हिजोका वाचा आज भाषणका फुटनोट बनेका छन्। नागरिकसँगको प्रत्यक्ष सम्बन्ध कमजोर बनाई दलाल र पूँजीवादी शक्तिसँगको निकटता ह्वात्तै बढाएकाछन।

आफूलाई किसान, मजदुर र सर्वहारा वर्गको नेता ठान्ने धेरै व्यक्तिहरूको जीवनशैली हेर्दा यो यथार्थ झनै स्पष्ट देखिन्छ। उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने फोटो र भिडियोहरूले उनीहरूको वास्तविक वर्गीय अवस्थालाई उजागर गर्छन्। महँगा कपडा र गहनामा सजिएका तस्बिरहरूमा देखिन्छन्। बिलासी सवारी साधनमा चढिरहेका दृश्यहरू सेयर गर्दछन। ठूला होटल र रिसोर्टमा बिताइएका क्षणहरू गर्वका साथ प्रदर्शन गर्दछन। आफ्ना आलिशान हवेली र महलजस्ता घरका फोटोहरू निरन्तर पोस्ट गरिन्छन्। मञ्चमा आफू खादा र माला लगाएर बसेको तस्बिर देखिन्छ। त्यही तस्बिरमा जनता भने भुइँमा बसेका हुन्छन्।
यी दृश्यहरू संयोग होइनन्। यी दृश्यहरू चेतन रूपमा सिर्जना गरिएका प्रदर्शन हुन्। यस्ता सामग्रीहरूले एउटा स्पष्ट सन्देश दिन्छन्। “हेर, म तिमीभन्दा उच्च छु।” मेरो जीवनशैली तिम्रो भन्दा माथि छ। म सम्मानित हुँ, तिमी होइन। यो सन्देश शब्दमा भनिँदैन। तर दृश्यमार्फत गहिरो रूपमा रोपिन्छ। यही नै उपभोक्तावादले जन्माएको पर्दर्शनी प्रभावको मनोविज्ञान हो। यहाँ नेतृत्व विचारबाट होइन, जीवनशैलीको प्रदर्शनबाट मापन हुन्छ।

Top of Form

Bottom of Form

हिजो आलोचना गरिएका जीवनशैली आज उनिहरुलेनै अनुकरण गरिरहेकाछन। राजा-महाराजाको विलासिता अपनाउन उनीहरू हिच्किचाएनन्। हिजो विरोध गरिएको प्रवृत्ति आज उनिहरुको अभ्यासमा देखिन्छ। सत्ता टिकाउन राजनितिबाट दर्शन क्रमशः हटाय। राजनीति “हामी” बाट “म” मा सीमित बनाय। राजनीति परिवर्तनको साधनबाट  स्वार्थ व्यवस्थापनको माध्यम बनाईयो।

पर्दर्शनी प्रभावले नागरिकलाई आलोचक होइन, फ्यान बनाउँछ। प्रश्न दबाइन्छ। ताली खोजिन्छ। नागरिक दर्शकमा रूपान्तरण हुन्छ। राजनीतिक दल सिद्धान्तका लागि जन्मिन्छन् भन्ने मान्यता कमजोर हुँदै गएको छ। आज धेरै दल दर्शनमा होईन शक्ति देखाउन व्यस्त छन्। यहीनै हो अर्थशास्त्रको पर्दर्शनी प्रभाव राजनीतिमा प्रवेश ।

पर्दर्शनी प्रभावको मूल तर्क सरल छ। मानिसले आवश्यकताले होइन अरूले के देखाए भनेर निर्णय गर्छ।
उपभोक्तावादमा यो जीवनशैलीसँग जोडिन्छ। राजनीतिमा यो सत्ता र लोकप्रियताको प्रदर्शनसँग जोडिन्छ।

आज दलहरू नीति र दर्शनका आधारमा प्रतिस्पर्धा गर्दैनन्। कसले ठूलो मञ्च बनायो भन्ने प्रतिस्पर्धा हुन्छ। कसले धेरै मान्छे उतार्‍यो भन्ने देखाइन्छ। कस्को भाषण बढी भाइरल भयो भन्ने मापन गरिन्छ। ठूला झण्डा र ब्यानर महत्वपूर्ण बन्छन् र भीड निर्णायक बन्छ। खर्चिलो मंन्च सजावटको तामाझामले सफलता नापिन्छ। दर्शन पुस्तकमा सीमित हुन्छ। प्रदर्शन सडकमा देखिनुपर्छ। यसरी नेताले जनतालाई नागरिक ठान्दैन। ऊ दर्शक ठान्छ। दर्शकले नीति पढ्दैन। ऊ दृश्य हेर्छ। त्यसैले इमेज निर्माण प्राथमिक बन्छ।

मार्क्सवादी दृष्टिले यो झन गम्भीर छ। वर्गीय प्रश्न हराउँछ। संरचनागत असमानता ओझेल पर्छ। उत्पादन सम्बन्ध नाराको कोलाहलमा बिलाउँछ। दलहरू वर्ग संघर्षका नेता हुँदैनन्। उनीहरू नक्कल गराउने एजेन्सी बन्छन्। पर्दर्शनी प्रभावले दलहरूलाई आकारको प्रतिस्पर्धामा धकेल्छ। एउटा दलले ठूलो सभा गर्छ। अर्को दलले अझ ठूलो सभा गर्छ। यहाँ नीति निर्णायक हुँदैन। आकार निर्णायक हुन्छ। यस्ता जुलुस कुम्भमेलाजस्तै हुन्छन्। हल्ला धेरै हुन्छ। अर्थ कम हुन्छ। न उत्पादन बढ्छ। न नयाँ विचार जन्मिन्छ। न बहस अघि बढ्छ।
यो राजनीति होइन। यो देखावटी प्रदर्शन हो।

भीड ठूलो भयो भने विचार सही भन्ने भ्रम पैदा हुन्छ। यो निष्कर्ष लोकतन्त्रका लागि घातक छ। अन्ततः दलहरू इभेन्ट कम्पनीमा बदलिन्छन्। नेता दार्शनिक हुँदैन। ऊ स्टेज परफर्मर बन्छ। जनता नीति साझेदार हुँदैन। ऊ ताली बजाउने दर्शक बन्छ। दर्शन हटेपछि प्रचार हाबी हुन्छ। लोकतन्त्र शोमा रूपान्तरण हुन्छ।

हिजो सञ्चारका माध्यम सीमित थिए। उपलब्ध भएका माध्यमहरू प्रायः सरकारको नियन्त्रणमा हुन्थे। त्यसैले विचार र नीतिको प्रचार-प्रसार कठिन थियो। आज अवस्था फरक छ। नीति, विचार र कार्यक्रम सम्प्रेषण गर्न अनेकौँ स्वतन्त्र माध्यमहरू उपलब्ध छन्। डिजिटल प्लेटफर्म सक्रिय छन्। सामाजिक सञ्जाल प्रभावशाली छन्। टेलिभिजन र अनलाइन मिडिया सहज छन्। जनतासामु आफ्ना कुरा राख्न अब कुनै ठूलो बाधा छैन।

फेरिपनी बारम्वार जुलुस वा सभा गर्नुको उदेश्य प्रश्नयोग्य छ। आफ्ना कर्तुत ढाक्न निकालिने जुलुस, आफ्ना असफलता छोप्न प्रयोग गरिने भिड र अधिकारप्राप्त निकायलाई धाक–धम्की दिन सडक तताउनुको कुनै अर्थ छैन। यस्ता जुलुस र सभाहरू बन्द हुनुपर्छ। आफ्ना नीति, कार्यक्रम र योजना स्पष्ट रूपमा प्रस्तुत गर्न होईन अरूलाई खुइल्याएर आफूलाई असल र ठूलो देखाउने प्रदर्शन बन्द गरिनु पर्दछ। यस्तो गर्नु राजनीतिक दिवालियापनको स्पष्ट संकेत हो।

कहिलेकाहीँ जनतालाई प्रतिरोधमा उतार्नुपर्छ। संघर्षमा सहभागी गराउनु आवश्यक हुन सक्छ। उत्सवका लागि सडक भरिन सक्छ। आफ्नो स्वार्थको साम्राज्यमाथि कसैले आँखा लगायो वा त्यसमा धावा बोल्यो भने त्यसको प्रतिकारका रूपमा बदला र प्रतिसोधको राजनीति सुरु हुन्छ। जब आफ्ना कुकार्यका फाइलहरू खोलिन खोजिन्छन्, लुट र दोहनबाट बनेको साम्राज्यमाथि प्रश्न उठाइन्छ, तब पहिलो चरणमा फकाउने प्रयास गरिन्छ। त्यो सफल नभएपछि धम्क्याउने, डर देखाउने र दबाब सिर्जना गर्ने प्रवृत्ति देखापर्छ। यस्ता दृश्यहरू हामीले बारम्बार आफ्नै आँखाले देख्दै आएका छौँ। सिद्धान्त, नैतिकता वा जवाफदेहिताको आवरणमा गरिएको यस्तो व्यवहार वास्तवमा सत्ताको दुरुपयोग र आत्मरक्षाका नाममा गरिएको नितान्त निकृष्ट प्रतिसोधको राजनीति हो। यस्ता दुराग्रहपूर्ण र अन्यायपूर्ण प्रतिसोधका प्रवृत्तिहरूको विरुद्ध प्रतिकार गर्नु न्यायसंगत हुन्छ। जब सत्ता, स्वार्थ वा अहंकारबाट प्रेरित भएर निर्दोषमाथि बदला थोपर्ने प्रयास गरिन्छ, तब त्यसको विरोध गर्नु केवल व्यक्तिगत प्रतिक्रिया मात्र होइन न्याय र सत्यको पक्षमा उभिने नैतिक दायित्व पनि हो। अन्यायको मौन सहनशीलताले दुराग्रहलाई झन् बलियो बनाउँछ, त्यसैले यस्ता कृत्यहरूको विरुद्ध सचेत, वैधानिक र सिद्धान्तगत प्रतिसोध आवश्यक हुन्छ।

तर उद्देश्यबिनाको भीड गलत हो। केवल अरूलाई देखाउन जनतालाई सडकमा उतार्नु अनुचित हो। शक्ति प्रदर्शनका लागि भीड प्रयोग गर्नु अपराधसरह हो। यसले न नयाँ विचार जन्माउँछ। न लोकतन्त्र बलियो बनाउँछ। अब जनतालाई दुःख दिएर भीड देखाउने राजनीति बन्द हुनुपर्छ। नागरिकहरूले पनि अनावश्यक भेलामा सहभागी हुन अस्वीकार गर्नुपर्छ। किनकि सचेत नागरिक भीड होइन। ऊ विचारको पक्षधर हुन्छ। जहाँ केवल टाउको गनिन्छ। तर कुनै उपलब्धि हुँदैन। त्यस्ता ठाउँमा जानु हुँदैन। बाँकी निर्णय तपाईंको विचारमा निर्भर छ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक