काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । काठमाडौं कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको निवासमा भेटवार्ता भएको हो ।
बैठकमा रास्वपाका सभापति लामिछाने सहित उपसभापति डिपी अर्याल सहभागी छन् भने बालेन शाहसहित उनका सल्लाहकार कुमार बेन सहभागी छन् । भेटमा मुलुकको राजनीतिक अवस्था र भावि योजनाको विषयमा छलफल भैरहेको बताइएको छ ।


