मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एएफसीले नेसन्स लिग फुटबल आयोजना गर्दै

धारणा न्यूज by धारणा न्यूज
३ घण्टा अगाडि
Reading Time: 1 min read
0
एएफसीले नेसन्स लिग फुटबल आयोजना गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । एसियाली फुटबल कन्फेडरेसन (एएफसी) ले अबदेखि नेपालसहित एसियाका सबै राष्ट्रिय टिमहरूका लागि नयाँ प्रतियोगिता सुरू गर्ने योजना अघि सारेको छ।

एएफसी नेसन्स लिग नाममा हुने प्रतियोगितामा एएफसीमा आबद्ध सबै ४७ टोली सहभागी हुनेछन्। नेपाल लगायतका एसियाका राष्ट्रिय टिमले फिफाले तोकेको समयमा मैत्रीपूर्ण खेल खेल्ने गरेका छन्। तर ती खेलमा राम्रो प्रतिद्वन्द्वी पाउन गाह्रो हुने, लामो यात्रा गर्दा खर्च धेरै हुने र धेरैजसो खेलहरू अर्थहीन हुने जस्ता समस्या हुने गरेको छ।

अब यो नयाँ एएफसी नेसन्स लिगले ती मैत्रीपूर्ण खेललाई प्रतियोगिताको रूप दिनेछ। अर्थात्, नेपाल लगायतका एसियाली देशहरूले खेल्ने धेरैजसो अन्तर्राष्ट्रिय म्याचहरू अब यो प्रतियोगिताभित्र पर्नेछन्। यो प्रतियोगिता युरोपको यूईएफए नेसन्स लिगजस्तै हुनेछ। टिमलाई बलियो, मध्यम र कमजोर गरी फरक–फरक लिग (डिभिजन) मा राखिनेछ। आफ्नै लेभलका टिमहरूसँग नियमित रूपमा खेलहरू खेलाइनेछ भने राम्रो प्रदर्शन गर्ने टिम माथिल्लो लिगमा बढुवा हुने र कमजोर हुने तल झर्ने व्यवस्था हुनेछ। राष्ट्रिय टिमले नियमित र प्रतिस्पर्धात्मक खेल पाउनेछ तथा साना देशहरूको पनि राम्रो विकास गर्ने अवधारणमा यो लिग आयोजन गर्न लागिएको हो।

खेलहरू केन्द्रीय रूपमा व्यवस्थित गरिने भएकाले यात्रा र खर्च कम हुने विश्वास गरिएको छ। साथै एएफसीले दर्शक, प्रसारण र प्रायोजकको पनि बढी चासो हुने विश्वास गरेको छ। एएफसीका महासचिव दातुक सेरी विन्डसर जोनले यो लिगबारे भनेका छन्– ‘यो नेसन्स लिगले हाम्रा ४७ वटै सदस्य देशका राष्ट्रिय टिमहरूलाई खेल्ने अवसर दिनेछ। Ncell यसले फुटबल विकासमा ठूलो मद्दत गर्नेछ र खर्च तथा व्यवस्थापनका समस्या पनि कम गर्नेछ।’ यद्यपी यो प्रतियोगिताको पूरा ढाँचा, कहिले सुरु हुने र कसरी खेलिने भन्ने कुरा एएफसीका कमिटीहरूले छलफल गरेर घोषणा गरिनेछ।

यो पनि पढ्नुहोस्

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

६ घण्टा अगाडि
एनपीएल विजेता लुम्बिनी लायन्स खुसी साट्न मैदानबाट जनस्तरमा

एनपीएल विजेता लुम्बिनी लायन्स खुसी साट्न मैदानबाट जनस्तरमा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहविरुद्ध मुद्दा दायर

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने निर्णय

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक