काठमाडौं । सुनका गरगहना चोरी आरोपमा एक ज्वेलर्सका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा डल्लुमा सीता ज्वेलर्सका सञ्चालक ५४ वर्षीय किाश लकाई छन् ।
उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । २ मंसिरमा बालाजु बाइपासस्थित एक घरबाट गरगहना चोरी भएको भन्दै प्रहरीमा उजुरी भएको थियो ।
सोही घटनाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जनाए । उनीबाट प्रहरीले सुनको नेक्लेस १४ थान, लकेट ९ थान, मंगलसुत्र ८ थान, नौगेडी ५ थान र पिस लकेट ३ थान बरामद गरेको छ ।


