मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल बियोण्ड बोडर्स सम्मेलन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१२ घण्टा अगाडि
Reading Time: 1 min read
0
नेपाल बियोण्ड बोडर्स सम्मेलन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा २०२४ मा दर्ता भएको United Nepali Diaspora Organization (UNDO) सँस्थाको दोश्रो साधारण सभा र अष्ट्रेलियामा डा. शेष घले र जमुना गुरुङद्वारा स्थापित एमआइटी फाउण्डेसनसंगको साझदारीमा डिसेम्बर २१, २०२५ का दिन “नेपाल बियोण्ड बोडर्स ” NBB सम्मेलन सम्पन्न भएको छ।

युएनडिओले बिश्वोका २६ भन्दा धेरे देशमा संस्था बिस्तार गर्ने योजना तय गरेको छ। त्यसैगरी  एमआइटी फाउण्डेसन र अन्य संस्थाहरुसंग मिलेर दुइवटा ठुला परियोजना र अन्य दर्जन भन्दा धेरै साना प्रोजेक्टहरु समेत गर्ने भएको छ।

नेपाल बियोण्ड बोडर्स एक दिने सम्मेलन

नेपाली राजदूताबास दक्षिण कोरियाका लागि Deputy Chief of Mission निर्मल प्रसाद भट्टराइको प्रमुख आतिथ्यमा कोरियाको राजधानी सिउलमा डिसेम्बर २१ आइतबारका दिन आयोजित नेपाल बियोण्ड बोडर्स-NBB एक दिने सम्मेलनमा कोरियाका विभिन्न बिश्वो बिद्यालयका प्राध्यापक, ब्यापारी, उद्यमी, बिज्ञ र डायस्पोरा नेपालीहरु उपस्थित रहेका थिए। अन्य देशका बिज्ञ र उद्यमी ब्यापारीहरुसँग गरिएको यो नयाँ खाले सम्मेलन हो।

सम्मेलन र साधारण सभाको उद्घाटन नेपाली राजदूतावासका नियोग उपप्रमुख निर्मल प्रसाद भट्टराई, युएनडिओका सभापति सोनाम लामा र MIT Fountain का संस्थापक तथा अध्यष डा. शेष घलेले गमलाको बिरुवामा पानी दिएर संयुक्त रुपमा गर्नुभएको थियो। साधारण सभा तथा सम्मेलनका प्रमुख बक्ताको रुपमा बोल्दै कुनैतिक नियोग उपप्रमुख भट्टराइले नेपाल र कोरिया बिचको सुमधुर सम्बन्ध थियो छ र अझै बढाउने काम हुँदै गरेको जानकारी गराउनु भयो। यसमा यो सम्मेलनले थप सहयोग पुग्ने अपेक्षा व्यक्त गनुभयो।

उहाँले कोरिया र नेपाल बिच कुटनैतिक मात्र होइन पर्यटन, ब्यापार, प्रबिधि लगायत अन्य थुप्रै क्षेत्रमा दुइपक्षीय साझेदारीको ठुलो संभावना रहेको कुरा पनि बताउनु भयो। नेपाली राजदूताबासले नेपाली समुदाय, नेपाल र कोरियाबीचको कुटनैतिक संबन्ध, ब्यापार र थप संभावनाहरुको लागि सधैं पहल गर्ने र यसबाट थप सहयोग पुग्नेको अपेक्षा पनि गर्नुभयो।

उद्घाटन कार्यक्रममा एमआइटी फाउण्डेसनका संस्थापक तथा अध्यक्ष डा. शेष घले र UNDO का सभापति सोनाम लामाले आफूहरुले संस्थाको तर्फबाट हरेक कुराहरु नयाँ खालका गर्ने गरेको त्यसमा पनि अर्को पुस्ता (Next Generation) को लागि केन्द्रित गर्ने गरेको बताउँदै यो सम्मेलन पनि त्यसैका लागि लक्षित गरिएको बताउनु भयो। सम्मेलन मुख्य गरि तीनवटा बिषयमा केन्द्रित गरिएको थियो।

पहिलो सेसन Financial Future: From Policy to Prosperity-Financial Nepali Sustainable Growth थियो। यो सेशनलाइ Prof. Dong Woon Han, Finance Consultant, OECD Projects & KOICA ले मोडरेट गर्नुभएको थियो। त्यसमा Mr. Kwon Yul – Senior Research Fellow, Vice-President, Planning & Management, KIEP अनि Dr. Shesh Ghale – Co Founder, MIT Group र Mr. Kwan Jeahung – Researcher at Korea Institute of Fusion Energy प्यानलिष्ट हुनुहुन्थ्यो।

दोश्रो सेशन  Investing in People and Places: Tourism and Diaspora as Drivers of Economic Growth मा थियो। यसलाइ Mr. R. P. Devkota, Tourism Entrepreneur, Seoul-Kathmandu ले मोडरेट गर्नुभएको थियो। यसका प्यानलिष्टहरुमा Mr. Nirmal Prasad Bhattarai, Deputy Chief of Mission, Embassy of Nepal, Republic of Korea, त्यसैगरी Mr.  Lee Gundong, CEO, Loglo Outdoor, Korea र Ms. Jamuna Ghale Gurung, Co-Founder, MIT Foundation हुनुहुन्थ्यो।

त्यसैगरी तेश्रो सेशन From Vision to Venture: Strengthening Opportunities & Partnerships मा थियो। यो सेशनलाइ

Dr. Bojindra Tulachan, Professor of Labour, Employment and Human Resources, Gyangseo University, Republic of Korea ले मोडरेट गर्नुभएको थियो। सेसनका प्यानलिष्टहरुमा Mr. Yang Kwang Young – Head of Foreign Sales Division, Jeonbuk Bank o Mr. Jinsol Hwang – CEO, The Bridge International र Mr. Binod Kunwar – Chairman and Founder of Binod Corps & KME Group of Companies रहनु भएको थियो।

डायसपोरामा नेपालीहरुद्वारा नेपाल सरकारका राज्दूतावासको आतिथ्यतामा संबन्धित देशका सहयोगी संस्था, प्राध्यापक, अन्य बिज्ञ, उद्यमी र ब्यापारीहरुसँग साझेदारीमा गरिएको यो पहिलो सम्मेलन भएकाले फरक र नयाँ कुराहरु आएका छन्। प्राप्त निचोड र सुझावहरुलाइ संस्थाल प्रतिवेदन सहित नेपाल सरकार समक्ष सहजीकरण र कायान्वयनका लागि पहल समेत गर्ने भएको छ।

दोश्रो बार्षिक साधारण सभा सम्पन्न

युएनडिओका सभापति सोनाम लामाको सभापतित्वमा संस्थाको दोश्रो बार्षिक साधारण सभा संस्थापक सदस्यहरु र पंजीकृत सदस्य प्रतिनिधिहरुको उपस्थितिमा दक्षिण कोरियामा सम्पन्न भएको छ। सभाले कार्यसमितिबाट पारित भएर आएका निम्न एजेन्डाहरुमा छफल सहित अनुमोदन र पारित गरेको छ:

१. Strategic Planning 2025-2027: Organizational Development & Culture of Branding

कार्यसमिति सदस्य तथा प्रवक्ता कृष्ण केसीद्वारा प्रस्तुत संस्थाको Strategic Planning 2025-2027: Organizational Development & Culture of Branding कार्यसमितिबाट पारित भएर आएको प्रस्तुत योजनालाइ अनुमोदन गरेको छ। यसमा युएनडिओले आफ्नो कार्यकाल २०२५-२०२७ सम्म संख्या भन्दा गुणात्मक कुरालाई घ्यान दिएर योजना गरेको छ। जस अनुसार संस्थाले आफ्नो पांच (५) क्षेत्रहरु Middle East and Africa, Europe, The Americans, Asia र Oceania मा गरेर २६ भन्दा धेरै देशकमा राष्ट्रिय संगठन बनाउने, बिस्तारै जाने तर ५०० भन्दा धेरै पंजीकृत पुर्याउने, दुइवटा ठुला प्रोजेक्ट गर्ने, ३० देखि १०० को हाराहारीमा Next Generation प्रोजेक्टहरु गर्ने, सँस्थालाइ आर्थिक रुपमा सबल बनाउने योजनाहरु समत गरेको छ।

२. आर्थिक प्रतिवेदन र अडिट रिपोर्ट

साधारण सभाले संस्थाका कोषाध्यक्ष उल्का घिमिरेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन र अडिट रिपोर्ट अनुमोदन गरको छ। साथै आगामी बर्षको लागि तयार गरिएको बजेट, अदिटरको मनोनयन लगायत आर्थिक पाटो सँग संबन्धि आवस्यक निर्णय समेत गरेको छ।

३. एक बर्षका गतिबिधिहरु

साधारण सभाले सँस्थाकि सचिव डा. संगीता कार्की कुँवरद्वारा प्रस्तुत एक बर्षका गतिबिधिहरुलाइ छलफल सहित पारित गरेको छ। योजना गरिए अनुसार एमआइटी फाउण्डेसनसँगका २ वटा ठुला साझेदारी सम्मेलनहरु सफल भएका छन्। नियमित रुपमा सभा र महाधिव्शन सम्पन्न भएका छन्। संस्था सफल रुपमा अगाडी बढेको नतिजा छ। नेपाल सरकारसँग आवश्यक एजेन्डाहरुमा नियमित लवी गरेको जानकारी प्रतिवेदनमा छन्। एमआइटी फाउण्डेसनको योजनामा सम्पन्न भएका Green Hydrogen र Nepal Beyond Borders अनि युवा उधमी सम्मेलन गरि तीन प्रमुख सम्मेलनहरु सफल रुपमा सम्पन्न भएका छन्।

यो पनि पढ्नुहोस्

लोमान्थाङ गाउँपालिकामा आधारभूत अस्पताल भवन निर्माण

अस्पतालसहित चार औषधि पसल कारबाहीमा

८ घण्टा अगाडि
प्रधानमन्त्री र प्रसाईंबी भेटवार्ता हुने

प्रधानमन्त्री र प्रसाईंबी भेटवार्ता हुने

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

क्यासिनोमा छापा मारेर २० जना पक्राउ

जेन–जी युवा पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन नदिने चेतावनी

केपी ओली र शेरबहादुर देउवाबीच भेट

नेपाल बियोण्ड बोडर्स सम्मेलन सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक