मङ्ल, पुस ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मस्कको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको कुल जीडीपीभन्दा बढी

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
मस्कको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको कुल जीडीपीभन्दा बढी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कको कुल सम्पत्ति पाकिस्तान, श्रीलंका र नेपालको कुल जीडीपी (कुल गार्हस्थ्य उत्पादन)भन्दा पनि बढी भएको छ । मात्र चार दिनमै उनको नेटवर्थ १५० अर्ब डलरले बढेर ७५० अर्ब डलर नाघेको छ । जबकि पाकिस्तान, श्रीलंका र नेपालको संयुक्त जीडीपी करिब ५५५ अर्ब डलर मात्र छ ।

७५० अर्ब डलरको नेटवर्थ छुने इलोन मस्क विश्वकै पहिलो व्यक्ति बनेका छन् । यसअघि डिसेम्बर १६ मा मस्कको सम्पत्ति ६०० अर्ब डलर पुगेको थियो । डेलावेयर सुप्रीम कोर्टको हालैको फैसलापछि मस्कको ५६ अर्ब डलरको टेस्ला पे–प्याकेज बढेर १३९ अर्ब डलर पुगेको छ, जसका कारण उनको सम्पत्तिमा तीव्र वृद्धि भएको हो ।

फोर्ब्स बिलियनेयर्स इन्डेक्सअनुसार हाल मस्कको नेटवर्थ ६४९ अर्ब डलर देखाइएको छ, जुन भारतका शीर्ष ४० धनी व्यक्तिको कुल सम्पत्तिको बराबर हो ।

यससँगै मस्कको सम्पत्ति उनका पछिल्ला स्थानमा रहेका विश्वका सबैभन्दा धनी टेक अर्बपतिहरू- ल्यारी पेज (२५२.६ अर्ब डलर), ल्यारी एलिसन (२४२.७ अर्ब डलर) र जेफ बेजोस (२३९.४ अर्ब डलर) को संयुक्त सम्पत्तिभन्दा पनि बढी छ ।

इलोन मस्कको सम्पत्ति बढ्नुका कारण के हुन् ?

इलोन मस्कको सम्पत्ति बढ्नुमा मुख्य तीन कारण मानिएको छ ।

१. टेस्लाको ५६ अर्ब डलरको पे–प्याकेज पुन:स्थापना हुनु

२०१८ मा टेस्लाले मस्कलाई ५६ अर्ब डलर बराबरको स्टक अप्सन पे–प्याकेज दिएको थियो । २०२४ मा तल्लो अदालतले यो प्याकेज रद्द गरेको थियो । तर डिसेम्बर २०२५ मा डेलावेयर सुप्रीम कोर्टले उक्त निर्णय उल्ट्याउँदै प्याकेज पुन:स्थापना गरिदियो । सेयर मूल्य बढेसँगै यो प्याकेजको मूल्य १३९ अर्ब डलर पुगेको छ । यही कारण मस्कको सम्पत्तिमा सबैभन्दा ठूलो उछाल आयो र उनी पहिलो पटक ७०० अर्ब डलर नाघ्न सफल भए ।

२. स्पेस एक्सको भ्यालुएसन ८०० अर्ब डलर पुग्नु

समाचार एजेन्सी रोयटर्सका अनुसार, कम्पनीभित्रै भएको सेयर बिक्रीका आधारमा स्पेस एक्सको कुल मूल्यांकन ८०० अर्ब डलर पुगेको छ । मस्कको स्पेस एक्समा करिब ४२ प्रतिशत हिस्सेदारी छ । यदि स्पेस एक्स अमेरिकी सेयर बजारमा ८०० अर्ब डलरकै मूल्यांकनमा सूचीबद्ध भयो भने, मस्कको हिस्सेदारीको मूल्य मात्रै ३३६ अर्ब डलरभन्दा बढी हुन सक्छ ।

३. टेस्ला सेयर मूल्य वृद्धि र नयाँ १ ट्रिलियन डलरको पे–प्याकेज

टेस्लाको सेयर मूल्यमा भएको वृद्धिसँगै नोभेम्बर २०२५ मा सेयर होल्डरहरूले मस्कको १ ट्रिलियन डलरको नयाँ पे–प्याकेजलाई स्वीकृति दिएका थिए । यसले पनि उनको सम्पत्तिमा ठूलो योगदान दिएको छ । २०२५ मा मात्रै मस्कको सम्पत्तिमा ३४० अर्ब डलरभन्दा बढी थपिएको छ । टेस्लामा उनको १२ प्रतिशत हिस्सेदारी छ, जसले सेयर मूल्य बढ्दा प्रत्यक्ष रूपमा सम्पत्ति बढाउँछ ।

टेस्ला र एक्स–एआईले पनि बढाए मस्कको सम्पत्ति

स्पेसएक्स बाहेक मस्कको इलेक्ट्रिक भेहिकल कम्पनी टेस्लामा पनि करिब १२ प्रतिशत हिस्सेदारी छ । २०२५ मा अहिलेसम्म टेस्लाका सेयर १३ प्रतिशतले बढेका छन् । सोमबार मात्रै टेस्लाका सेयर करिब ४ प्रतिशतले बढे, जब मस्कले कम्पनीले अगाडिको सिटमा सेफ्टी मोनिटर बिना रोबोट्याक्सी परीक्षण गरिरहेको बताएका थिए । हाल मस्कको टेस्लामा रहेको हिस्सेदारीको मूल्य करिब १९७ अर्ब डलर पुगेको छ ।

मस्कको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप एक्स–एआई पनि २३० अर्ब डलरको मूल्यांकनमा १५ अर्ब डलर नयाँ इक्विटी जुटाउने विषयमा लगानीकर्तासँग अन्तिम चरणको वार्तामा छ ।

१२ वर्षको उमेरमै भिडियो गेम बनाएर बेचेका थिए मस्कले

इलोन मस्क टेस्ला र स्पेसएक्सका सीईओ हुन् । भनिन्छ, उनले १० वर्षको उमेरमै कम्प्युटर प्रोग्रामिङ सिकेका थिए । १२ वर्षको उमेरमा उनले ‘ब्लास्टर’ नामको भिडियो गेम बनाएका थिए । त्यसलाई एक स्थानीय म्यागजिनले ५०० अमेरिकी डलरमा किनेको थियो । यसलाई मस्कको पहिलो व्यावसायिक सफलता मानिन्छ ।

१९९५ मा उनले वेब सफ्टवेयर कम्पनी श्ष्उ२ स्थापना गरे । सन् १९९९ मा कम्प्याकले यो कम्पनी ३०७ मिलियन डलरमा किनेपछि मस्कले आफ्नो ७ प्रतिशत हिस्सेदारीबापत २२ मिलियन डलर पाए । यहीँबाट उनको व्यवसायिक यात्रा तीव्र रूपमा अघि बढ्यो ।

इबेले २००२ मा किनेको थियो मस्कले स्थापना परेको पेपाल

मस्कले १९९९ मा पेपाल स्थापना गरेका थिए । इबेले २००२ मा यो कम्पनी १.५ अर्ब डलरमा खरिद गर्‍यो । यसबाट मस्कले १८० मिलियन डलर कमाए । त्यसपछि उनले स्पेसएक्स स्थापना गरे । उनले स्पेस एक्समार्फत मंगल ग्रहमा मानव बस्ती बसाएर मानव जातिलाई ‘मल्टी–प्लानेट स्पिसिज’ बनाउने सपना देखिरहेका छन् ।

यो पनि पढ्नुहोस्

म्यान्मामा गृहयुद्धको बिचमा निर्वाचन सुरु गराउने तयारी

म्यान्मामा गृहयुद्धको बिचमा निर्वाचन सुरु गराउने तयारी

५ घण्टा अगाडि
इमरान खानलाई राजद्रोहको आरोपमा १० वर्षसम्म जेलमा राख्ने योजना

इमरानको सजायपश्चात देशव्यापी आन्दोलनको आह्वान

२ दिन अगाडि

टेस्ला, स्पेसएक्स र न्यूरालिंक

टेस्लाको स्थापना २००३ मा मार्टिन एबरहार्ड र मार्क टारपेनिङले गरेका थिए । इलोन मस्क प्रारम्भिक लगानीकर्ता थिए र फेब्रुअरी २००४ मा उनले ठूलो लगानी गरे । त्यसपछि उनी टेस्लाका चेयरम्यान र पछि सीईओ बने । टेस्लाको लक्ष्य इलेक्ट्रिक गाडीलाई आम मानिससम्म पुर्‍याउनु र दिगो ऊर्जालाई प्रवर्द्धन गर्नु हो ।

स्पेसएक्सको स्थापना मस्कले मार्च २००२ मा गरेका थिए । स्पेस लञ्चको लागत घटाउने र मंगल ग्रहमा मानव बस्ती बसाउने उनको मुख्य लक्ष्य हो । कम्पनीले २००८ मा ‘फाल्कन–१’ नामको रकेटको पहिलो सफल प्रक्षेपण गर्‍यो र २०१२ मा ड्रागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनसँग जोडियो ।

न्यूरालिंकको स्थापना २०१६ मा गरिएको थियो । यसको उद्देश्य मानव मस्तिष्क र कम्प्युटर जोड्ने ब्रेन–मेसिन इन्टरफेस प्रविधि विकास गर्नु हो । यसले न्यूरोलोजिकल रोगको उपचार तथा भविष्यमा मानिस र आर्टिफिसियल इन्टेलिजेन्सबीच अझ गहिरो सहकार्य सम्भव बनाउने लक्ष्य राखेको छ ।

डेलावेयर सुप्रीम कोर्टले २०१८ मा दिइएको इलोन मस्कको ५६ अर्ब डलरको पे–प्याकेज रद्द गर्ने तल्लो अदालतको निर्णय उल्ट्याउँदै मस्कलाई ठूलो जित दिलाएको छ । टेस्लाका सेयर मूल्य बढेसँगै अहिले यो प्याकेजको मूल्य करिब १३९ अर्ब डलर (करिब १२ लाख करोड रुपैयाँ) पुगेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बंगलादेशमा युवकको हत्याविरुद्ध जनकपुरधाममा विरोध प्रदर्शन

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहविरुद्ध मुद्दा दायर

केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानमा बोलाउने निर्णय

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर

जेन जी युवा र महिलासहित कम्तीमा ५ उम्मेदवार सिफारिस गर्न आन्तरिक निर्देशन जारी

आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटकाे खेलतालिका सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक