काठमाडौं । मिराज ढुंगानालगायत ‘जेनजी’ प्रदर्शनमा उत्रिएका छन् ।
आन्दोलनको घोषणा गर्दै सोमबार (पुस ७) काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् । मिराज सडकमा सुतेका छन् । प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरिरहेको छ ।
प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको छ । प्रदर्शनमा उत्रिएका केही जेनजीलाई प्रहरीले गिरफ्तार गरेको छ । त्यहाँ आन्दोलन गर्न जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई अनुमति दिएको छैन ।
अनुमतिविपरीत प्रदर्शनमा उत्रिएको भन्दै प्रहरीले हटाउन खोजिरहेको छ । PSF मिराजलगायत जेनजी सर्वपक्षीय सरकारसहितका माग राखेर आन्दोलनको घोषणा गर्दै सडकमा उत्रिएका हुन् ।


