काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् । उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् ।
निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ । भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए । लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।


