आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेशको मनोविज्ञान छाम्दै डा डिला संग्रौला

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
मधेशको मनोविज्ञान छाम्दै डा डिला संग्रौला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसकी  केन्द्रीय सदस्य एवं अध्ययनशील नेतृ डा. डिला संग्रौला पन्त मधेशको यात्रामा छिन् ।

गत भदौ २३–२४ को जेनजी आन्दोनलपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै देशमा चुनाव हुने वातावरण बन्दै गएको छ।  यसबीचमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले  यही  पुस २६–२८ गते पार्टीको १५ औं महाधिवेशनको मिति पनि तय गरेको छ ।

नेपाल महिला संघको सफल नेतृत्व गरिसकेकी पन्त पार्टीमा केन्द्रीय सदस्यको भूमिका पनि प्रभावकारी ढंगले निर्वाह गर्दै आएकी नेतृत्व हुन् । यसैगरी पछिल्लो समय १५ औं महाधिवेशनको मितिका सन्दर्भमा स्पष्टरुपमा निर्धारित मितिमा नियमित महाधिवेशनको पक्षमा उनले अडान राखेकी थिइन् । उनीसहित २८ जना केन्द्रीय सदस्यले पार्टी कार्यालयमा ज्ञापनपत्र नै बुझाएका थिए । अहिले पार्टीले महाधिवेशनको मिति तोकेपछि उनी आफ्ना गतिविधिलाई मधेश केन्द्रीत गरेकी छन् । आगामी महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेकी उनले सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषाको भ्रमण पूरा गरेकी छिन् भने बाँकी जिल्लाको पनि सोमबारसम्म भ्रमण पूरा गर्ने जानकारी दिइन् । उनले मधेश नेपाली कांग्रेसको आधारभूमि भएकाले शीत लहरका बावजुद पनि  आफू मधेश  यात्रामा रहेको बताइन् । उनले भनिन् ‘मैले जिल्ला जिल्लामा साथीहरुसँग छलफल गरेर कसरी नेपाली कांग्रेसलाई रुपान्तरण गर्ने भन्ने विषयमा छलफल गरी रहेकी छु ।’  ‘मधेश नजागी कांग्रेस ब्युँझदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन,’ उनले भनिन् ।

पछिल्लो समय मधेशमा उदाएका नयाँ शक्तिहरू र क्षेत्रीय दलहरूको प्रभावका बीच कांग्रेसको संगठनमा देखिएको सुस्ततालाई चिर्नु अहिलेको आवश्यकता रहेको उनको भनाई छ ।  कांग्रेसले मधेशलाई ‘भोट बैंक’ को रूपमा मात्र नभई ‘विचारको केन्द्र’ का रूपमा हेर्नु पर्नेमा उनको जोड छ ।

नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र गुटबन्दी र आन्तरिक वैमनस्यताको अन्त्य गरी गुटबन्दीभन्दा माथि उठेर ‘नीति र विचारको कांग्रेस’ बनाउनु पर्नेमा उनले जोड  दिइन् ।

उनले भनिन्, ‘१५ औं महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र होइन, यो कांग्रेसलाई २१ औं शताब्दीको गति र प्रविधिसँग जोड्ने अवसर पनि हो । त्यसैलै हामीलाई पद मात्र होइन, जनताको विश्वास जित्ने संगठन चाहिएको छ ।’

उनले पार्टीभित्र क्रियाशील सदस्यताको वितरणलाई पारदर्शी बनाउन सबैले खबरदारी गर्नु पर्नेमा जोड  दिइन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ बनेको इंगित गर्दै सुझबुझपूर्ण नेतृत्व नै आजको आवश्यकता रहेको उनले बताइन् ।

डा. संग्रौलाले आफ्नो भ्रमणलाई  राजनीतिक भेटघाटमा मात्र सीमित नगरी  मधेशको सांस्कृतिक र आर्थिक पाटोलाई पनि मसिनोसँग केलाउने गरेकी छिन् । उनी भन्छिन्, ‘मधेश आर्थिक समृद्धिको ढोका हो, तर यहाँका किसान सधैं मल र बीउको अभावमा छट्पटिनु दुखद छ ।’ संघीयताको सफल कार्यान्वयनका लागि प्रदेश सरकारलाई थप अधिकार सम्पन्न बनाउनुपर्ने र स्थानीय निकायमा सुशासन कायम गर्नु पर्नेमा उनले जोड  दिइन् ।

यसैगरी दलित, मुस्लिम, मधेशी र पिछडिएको वर्गको प्रतिनिधित्व बिनाको कांग्रेस पूर्ण नहुने उनको तर्क छ । उनले भनिन्, “सबै अट्ने कांग्रेस बनाउनु नै अहिलेको मुख्य चुनौती हो.”

यो पनि पढ्नुहोस्

प्रमुख दलहरुको संयुक्त सरकार बनाउन भट्टराईको प्रस्ताव प्रस्ताव

डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै

६ घण्टा अगाडि
गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदै

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

नेकपालाई निर्वाचनमार्फत बहुमत दिन आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक