काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालुवाटारबाट भागेका शक्तिहरू निर्वाचन बिथोल्न लागेको जनाएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै लामिछानेले यस्तो जनाएका हुन् ।
उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै पार्टीको चुनाव जिते झै चुनावमा जितेर आउन पनि चेतावनी दिए । पुराना र भागेका शक्तिहरू निर्वाचन बिथोल्न ससाना वा ठूला घटना घटाउन उद्यत् देखिएको भन्दै उनले सरकार र नागरिकहरूलाई सचेत समेत गराए।
सरकारसँग रास्वपा साथमा रहेको भन्दै रविले निर्धक्क भएर निर्वाचनका लागि जुट्न उनले सरकारलाई आग्रह समेत गरे ।


