आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उज्यालो नेपाल पार्टीका युवा नेता किरण बिकले भने–पहिलो राष्ट्रपति र प्रधानमन्त्री हामी बनाउँछौं

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
उज्यालो नेपाल पार्टीका युवा नेता किरण बिकले भने–पहिलो राष्ट्रपति र प्रधानमन्त्री हामी बनाउँछौं
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए ।

बिकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,“मुख्य पुराना दलहरुले दलित समुदायलाई सत्तामा पुग्ने भर्याङ र भोट बैंकको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनिहरुलाई निर्णायक नेतृत्वमा पुर्उने छ ।”

उनले जेन्जी आन्दोलनका क्रममा भएका दलित सहिद तथा दलित घाइतेको उच्च सम्मान गरिने र उनीहरूको सम्मानमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता जाहेर गरे । “उज्यालो नेपाल पार्टीले अवलम्बन गरेको सामुदायीक समाजवाद नै दलित समुदायको हक–हितको संरक्षण, सामाजिक न्याय सुनिश्चित र दलित विभेदको अन्त्य गर्ने प्रभावकारी राजनीतिक दर्शन हो,” बिकले भने ।

उनले एमाले, कांग्रेस र माओवादी जस्ताः पुराना दलहरूले दलित समुदायलाई वास्तविक राजनीतिक अवसर नदिई भोटको मात्र दुरुपयोग गरेको आरोप लगाए । सुशासनलाई आधार बनाएर उज्यालो नेपाल पार्टीले निजामती सेवा, प्रहरी, पुरस्कार प्रणाली, अदालत तथा गैरसरकारी संस्थाहरूमा दलितको सहभागिता सुनिश्चित गर्ने र त्यहाँ हुने विभेदविरुद्ध कडा कारबाही गर्ने  नीति लिएको उनले बताए । “देश धनी भएपछि दलितमा लगानी गर्ने होइन, सुरुबाटै दलित समुदायमाथि लगानी गरे देश आफैँ धनी हुन्छ,” भन्दै उनले दलितलाई गरिब बनाएर देश समृद्ध बन्न नसक्ने स्पस्ट पारे ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा करिब ७० लाख दलित उज्यालो नेपाल पार्टीको पक्षमा उभिने विश्वास व्यक्त गर्दै बिकले दलितको नाममा खोलिएका छुट्टै  दलहरूले थ्रेसहोल्ड मतसमेत कटाउन नसक्ने दाबी गरे । छुट्टै दलित पार्टी खोल्नुले दलित आन्दोलनलाई मूलधारबाट बञ्चित गराउने भएकाले त्यसको आवश्यकता नरहेको उनको भनाइ थियो ।

दलित मुक्ति समाजका अन्य समुदायसँग सहकार्य गरेर मात्र सम्भव हुने उल्लेख गर्दै उनले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह बलिरहेको चिममा भोट हाल्न सम्पूर्ण दलित समुदायलाई आग्रह गरे । नयाँ पार्टी भएकाले उज्यालो नेपाल पार्टीमा आबद्ध हुने दलित समुदायका व्यक्तित्वहरूले छिटो र व्यापक राजनीतिक अवसर पाउने पनि उनले मिडियाकर्मीहरूसँग बताए ।

यो पनि पढ्नुहोस्

खाडीमा रहेका ६५ हजार ८८६ नेपालीकाे विवरण दर्ता

नेपाली उद्धार गर्न कस्तो छ सरकारको कूटनीतिक पहल ?

२ घण्टा अगाडि
ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुग्याे

ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुग्याे

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेबाट १६ सांसदको नाम टुंगो

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

रास्वपाको सचिवालय बैठक भाेलि बस्दै

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक