आइत, पुस ६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुशीला कार्की सरकारको १०० दिन

धारणा न्यूज by धारणा न्यूज
१ दिन अगाडि
Reading Time: 1 min read
0
आयोगमा दर्ता भएका दलका नेताहरुसँग चुनावबारे छलफल गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको जनाएकी छन् ।

जेन जेड आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा जनाएकी हुन्।

उनले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगाइएको जनाइन् ।

“मापदण्डविपरीत खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “रु एक खर्ब १९ अर्ब बराबरको बजेट पुन:प्राथमिकीकरण गरी विकासका ठूला आयोजनामा स्थानान्तरण गरिएको छ, थलिएका व्यवसायीका लागि ‘एकीकृत व्यावसायिक पुनरुत्थान योजना’ कार्यान्वयनमा ल्याइएको छ ।”

आगामी फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न र राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔँ । यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

यस्तो छ प्रधानमन्त्रीको सन्देश:
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु नमस्कार

आज म हाम्रा स्वाभिमानी र गौरवशाली नागरिकहरुका सामु एउटा विशेष र दृढ संकल्पका साथ उपस्थित भएकी छु। हामी सबैलाई थाहा छ केही समय अघिको जेन्जी आन्दोलनले हाम्रा सडकहरुमा एउटा फरक कम्पन पैदा गर्यो। त्यो छटपटी र त्यो आक्रोशले हाम्रो समाजलाई केही हदसम्म विथोल्ने प्रयास गरे पनि त्यसको भित्री सन्देशलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। एउटा जीवन्त लोकतन्त्रको सौन्दर्य नै यही हो कि यसले हरेक संकटको निकास सडकको हिंसाबाट होइन संवाद र जनताको मतबाट खोज्छ। आदरणीय देशवासीहरु भदौ २३ र २४ को त्यो दुखद घटनापछि देश फेरि शान्तिको बाटोमा फर्किएको छ। ती घटनामा ज्यान गुमाउने योद्धाहरुलाई शहीद घोषणा गरेका छौं। घाइते योद्धाहरुको उपचारका साथै जीवितका सुनिश्चित गर्ने प्रक्रिया अघि बढाएका छौं। क्षति ग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष मार्फत काम थालिएको छ। अब हामीले ती नमिठा पलहरुलाई बिर्सेर एउटा सुन्दर र स्थिर भविष्य निर्माण तर्फ हातमा हात मिलाएर अघि बढ्नुपर्छ।

अहिले कतिपयको मनमा एउटा जिज्ञासा र केही ठाउँमा भ्रम पनि छ। प्रश्न गर्नेहरुले भन्ने गर्नुभएको छ के देश साँच्चै चुनावतिर बढेको हो? तर के सरकारले शान्ति सुरक्षाको ग्यारेन्टी दिन सक्छ? आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन। यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एकमात्र निर्विकल्प मार्ग हो। म तपाईहरुलाई आश्वस्त पार्न चाहन्छु चुनाव सार्ने वा रोक्ने जस्ता हल्लाहरु पूर्णत निराधार र भ्रमपूर्ण छन्। यो सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ छ।

मेरा प्यारा देशवासीहरु निर्वाचनका लागि सरकारले आफ्नो तर्फबाट सम्पूर्ण तयारी पूरा गरेको छ। सुरक्षाको सवालमा हामीले कुनै कसर बाँकी राखेका छैनौ। एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत भइसकेको छ र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको छ। आन्दोलनका क्रममा लुटिएका १३४२ थान मध्ये अधिकांश हतियार बरामद गरिसकिएको छ। यस अतिरिक्त अन्य ३२ थान हतियार पनि प्रहरीले नियन्त्रणमा लिएको छ। क्षति ग्रस्त भएका ४६५ वटा प्रहरी कार्यालयहरुलाई पुन संचालनमा ल्याई सुरक्षा व्यवस्थालाई अभेद्य बनाइएको छ। निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।

हामीले यसपटक अर्को ऐतिहासिक फड्को मारेका छौं। मतदाता नामावली ऐनमा संशोधन गरी निर्वाचनको मिति घोषणा पछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेका छौं। आज १ करोड ८१ लाख भन्दा बढी नेपालीको हातमा देशको भाग्य बदल्ने साँचो छ। ११४ वटा राजनीतिक दलहरु यस प्रक्रियामा सहभागी हुनुले हाम्रो लोकतन्त्रको जरा कति बलियो छ भन्ने प्रमाणित गर्छ। विचारमा मतभेद भए पनि देशलाई निकास दिन हामी सबै एक ठाउँमा छौ। मेरा प्यारा युवा साथीहरु चुनाव कसैको हार जित होइन। यो त लोकतन्त्र र सुशासन जिताउने अभियान हो। तपाईहरुले चाहेको भ्रष्टाचार मुक्त समाज र सुशासन युक्त सरकारको चाहना पूरा गर्ने वैधानिक बाटो चुनाव नै हो। म विशेष गरी हाम्रा जेन्जी युवाहरुलाई भन्न चाहन्छु तपाईहरुको आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस्। सडकको आन्दोलनले प्रश्न उठाउँछ तर मतपत्रले समाधान दिन्छ। तपाईको प्रत्येक भोटको सुरक्षा राज्यले गर्छ।

आज भन्दा १०० दिन अघि देशको अवस्था के थियो र अहिले के छ भनेर तुलना गरी हेर्न पनि म सबै राजनीतिक पक्षहरुलाई विनम्र अनुरोध गर्दछु। असामान्य परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन मेरो मन्त्रिपरिषदका सदस्य, सुरक्षा निकाय राष्ट्र सेवक र नागरिक समाजका सदस्यहरुले अथक प्रयास गर्नुभएको छ। फलस्वरुप मुलुकमा शान्ति स्थापना गरी स्थितिको सामान्यीकरण र कानुनको शासन बहालीमा सफलता मिलेको छ। खासगरी सुरक्षा निकायको मनोबल अहिले र आजका लागि मात्र होइन दीर्घकालसम्म बढाउने काम गर्दछौ। विगतमा शक्तिको आडमा दबाउन खोजिएका अपराध र भ्रष्टाचारका प्रकरणहरुमा अनुसन्धान गर्ने निकायहरुले हाल पूर्ण व्यवसायिक स्वतन्त्रताका साथ कारवाही अघि बढाएका छन्। यी कारवाहीले जतिसुकै शक्तिशाली व्यक्ति वा पदाधिकारी भए पनि कानुनले उन्मुक्ति दिदैन भन्ने मान्यता स्थापित गरेको छ। कुनै पद वा शक्तिको निकटता नहेरी प्राप्त उजुरी र गुनासाका आधारमा अनुसन्धान अघि बढाइएको छ। मिलोमतोमा ठेक्का हात पार्ने विकास आयोजनाहरुको कामै नगर्ने र राज्यको स्रोत साधन दुरुपयोग गर्नेहरुको माखेसाङ्लो तोड्न पनि सरकार लागि परेको छ। यस १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ। पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवांछित सुविधा कटौती गरेर जनताले तिरेको कर जोगिएको छ। मापदण्ड विपरित खटिएका ५०० सुरक्षाकर्मी र सवारी साधनहरु फिर्ता गरी जनताको सेवामा परिचालन गरिएको छ। अनावश्यक ३८ वटा कार्यालयहरु खारेज र ३२३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाएको छ। १ खर्ब १९ अर्ब रुपैयाँ बराबरको बजेट पुन प्राथमिकीकरण गरी विकासका ठुला आयोजनामा स्थानान्तरण गरिएको छ। थलिएका व्यवसायीहरुका लागि एकीकृत व्यवसायी पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको छ। हेलो सरकार मार्फत ५० हजार भन्दा बढी गुनासाहरु सम्बोधन गरिएको छ। काठमाडौंमा दैनिक २० करोड लिटर मेलम्चीको पानी सुनिश्चित गरिएको छ र राष्ट्रिय प्रसारण लाइनमा १०१ मेगावाट विद्युत थपिएको छ।

जेन्जी आन्दोलनको भावना अनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ। म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा राष्ट्रिय एकताका लागि आह्वान गर्दछु। चुनावमा कसले जित्छ वा कसले हार्छ त्यो गौण कुरा हो। हाम्रो लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा ठूलो कुरा हो। अराजकताले कसैलाई खुशी दिदैन केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ। हामीले खोजेको परिवर्तन एकै दिनमा प्राप्त हुने उपलब्धि होइन। यो त एउटा लामो र अभिराम यात्रा हो। यस ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न हामी सबैबाट अथक पसिना र समयको माग गर्ने धैर्यको थाचो छ। आउनुहोस् हामी फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गरौं। राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजाऔं। यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्नेछ।

धन्यवाद।

यो पनि पढ्नुहोस्

मधेश प्रदेश सभामा आज निर्वाचन

मधेश प्रदेश सभामा आज निर्वाचन

२ घण्टा अगाडि
कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज एपीएफले इस्ट बंगलासँग फाइनल खेल्दै

एमालेमा सक्षम नेतृत्व चयन भएको दाबी

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

महामन्त्री थापा निर्वाचनमा ६ स्थानबाट उम्मेदवार सिफारिस

घट्याे सुनको भाउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक