काठमाडौं । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी थपिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री भण्डारीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकेका हुन्।
यसअघि यो मन्त्रालय प्रधानमन्त्री कार्की स्वयंले सम्हाल्दै आइरहेकी थिइन्।



