काठमाडौं । शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख २१ हजार ५ सय ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । बिहिबार प्रतितोला ४ हजार ८० रुपैयाँको किर्तीमानी मूल्यमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ४ सय ३४ रुपैयाँ तोकिएको छ ।


