शुक्र, पुस ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
0
‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ‘कुरा खाडीको, चिन्ता नेपालको’ विषयमा आज एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियामा वक्ताहरुले खाडीमा रहेका नेपालीहरुको समस्या समाधानको लागि सरकारको ध्यानाकार्षणसमेत गराए ।

दुवईमा ६ वर्षदेखि कार्यरत भुवनकुमार वाग्लेले मध्यपूर्वमा रहेका नेपालीहरुको अवस्था, काम, सिप र क्षमताको साथै आयको विषयमा प्रकाश पारेका थिए । उनकाअनुसार मध्यपूर्वमा २० लाख नेपाली कार्यरत छन् । उनले भने,‘८० प्रतिशत जनसंख्या ब्लु कलर वर्क (श्रमिक) तलव १००० देखि १५०० सयसम्म खानेहरु हुनुहुन्छ । उहाँहरु शहरभन्दा बाहिर बस्नुहुन्छ । २ वर्ष बस्दा ऋणपनि राम्रोसँग तिर्न नसक्ने अवस्था छ । २० प्रतिशत ह्वाईट कलर जबमा छन् । व्यवसायिकतातर्फ त्यस्तै छ । ३५ देखि ४० लाखसम्म तलव खाने नेपाली पनि छन् । युएई, साउदी र कतारमा व्यवसायपनि गरिरहेका छन् ।’ उनले श्रम–गन्तव्य मुलुकमा रहेकाहरुको समस्या समाधानको लागि सरोकारवालापक्षले गम्भीर पहल गर्नुपर्ने जनाए ।

यस्तै, अन्तर्राष्ट्रिय मधेशी एकता समाजका केन्द्रीय अध्यक्ष डा. रविन्द्र कुमार यादवले नेपाल वैदेशिक रोजगारको चलनको इतिहास सुनाए । उनले भने,‘नेपालबाट वैदेशिक रोजगारीको सुरूवात भारतमा अँग्रेजको शासनकालदेखि नै सुरु भयो । प्रजातन्त्र आएपछि खासगरि सहज ढंगले पासपोर्टको उपलब्धतता भएपछि यो क्रम झनै बढ्यो । पहिला भारतका विभिन्न शहरमा जाने गर्दथे । पछि नेपालीहरुको गन्तव्य मलेसिया भयो । लोकतन्त्र आएपछि खाडी मुलुकमा जान थाले ।’

उनले खाडीमा रहेका नेपालीहरुले दुःखद् मृत्युवरण गर्नुपरेको पनि उल्लेख गरे । उनकाअनुसार प्रतिदिन चारदेखि पाँच जना नेपालीहरुको मृत्यु हुने गरेकोमा पहिलो कारण हृदयघात, दोस्रो कारणमा आत्महत्या र तेस्रो कारण सवारी दुर्घटना रहेको छ ।

वैदेशिक रोजगार एप र वैदेशिक रोजगारसम्बन्धी लामो समयदेखि कलम चलाउँदै आएका अनिल अधिकारी र गैरआवासीय इराकका अध्यक्ष विनोद श्रेष्ठलगायतले खाडीमा रहेका नेपालीहरुले भोग्नुपरेको समस्याको बारेमा बोलेका थिए ।

यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले खाडीमा रहेका नेपालीहरुको श्रमबाट आर्जित पैसा विप्रेषण (रेमिट्यान्स) ले देश धानेको बताए । तर, कडा श्रम गर्न बाध्य नेपालीहरुको पीडाको बारेमा नेपाल सरकारले त्यति चासो नदिएको गुनासो आएको भन्दै अब उनीहरुको समस्या समाधानको लागि ध्यान दिनपनि उनले सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘खाडीको तातो हावामा श्रम गर्न हाम्रा नेपालीहरु बाध्य छन् । नेपालीहरु ठूलो पीडामा छन् । त्यहाँ रहेका नेपालीहरुलाई परेको पीर, मर्का, समस्याको समाधान गरिनुपर्छ । राज्य–संयन्त्र, सरकारले श्रमको लागि विदेशिएका नेपालीहरुको समस्या समाधान गर्न गम्भीर पहल लिनुपर्छ ।’

यो पनि पढ्नुहोस्

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

रवि पुनः पार्टीको मूल जिम्मेवारीमा फर्किने

१ घण्टा अगाडि
एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विवाहमा “ग्वय् छ्वयेगु” सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

ईश्वर पोखरेल केन्द्रीय सदस्यमा निर्वाचित

चुनाव चिन्ह ‘बस’ उत्पीडित समुदायको राजनीतिक मुक्तिको प्रतीक : अन्सारी

विपिन जोशीको स्मृतिमा शालिक स्थापना गर्ने

घट्याे सुनको भाउ

रास्वपाकाे समानुपातिक उमेदवार नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक