काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले प्रारम्भिक मतपरिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार, हालसम्म अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।
त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २४९ र सुरेन्द्र पाण्डेले १४९ मत प्राप्त गरेका छन् ।


