काठमाडौं । धनुषा, जनकपुर उपमहानगरपालिका-१९ थुमौना वेंगास्थित सडकमा प्र.२-०२-००१ त १५९७ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८५ वर्षीय दिलचन्द दासको बुधबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, महाराजगंज नगरपालिका-१ चमरसटियास्थित सडकमा रा.५ प ६५२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ पल्टा बस्ने ३० वर्षीय नागेन्द्र पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


