काठमाडौं । एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।
१ हजार १३९ मत गन्दा पोखरेलले ८७ मतले अग्रता लिएका छन् ।
पोखरेलले ६१३ मत पाउँदा सुरेन्द्र प्रसाद पाण्डेले ५२६ मत पाएका छन् । अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत पाउँदा ईश्वर पोखरेलले २९६ मत पाएका छन् ।
अन्तिम मतपरिणाम केही समयपछि आउने पार्टीको निर्वाचन आयोगले जनाएको छ ।


