काठमाडौं । मोरङ, कानेपोखरी गाउँपालिका-२ मैनामैनी टोल बस्ने टिका बहादुर निरौलाको खेतमा रहेको धानको कुन्युमा बुधबार दिउँसो आगलागी हुँदा करिब २ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-७ बस्ने दिलिप कुमार रजकले सोही ठाउँस्थित संचालन गरेको किराना पसलमा बिहीबार बिहान आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


