काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ महाधिवेशनमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेको जनाएका छन् ।
मतदान स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेताहरूले एकआपसमा सहकार्य गर्दै काम गरेकाले स्वास्थ्य प्रतिस्पर्धा भएको जनाए।
एमालेका पूर्व सचेतक समेत रहेका गिरीले सामूहिक रूपमा नेताहरू एकताबद्ध भएर महाधिवेशन स्थलमा मतदान गरिरहेकाले यो किसिमको लोकतान्त्रिक अभ्यास सबैले अपनाउनुपर्ने जनाए।
उनले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच जुनसुकै कुरामा पनि समन्वय र सहकार्य भएको समेत दाबी गरेका छन्।
गिरीले केन्द्रीय कमिटी र पदाधिकारीमा नयाँ अनुहार आउने भएकाले एमाले परिमार्जनसहित अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।
‘यहाँहरूले देख्नुभयो होला नेताहरूबीच एकदमै स्वास्थ्य प्रतिस्पर्धा भइरहेको छ। सबैजना नेताहरूले बिहान एकै पटक मतदान गर्नुभयो । अध्यक्ष र पदाधिकारीका उम्मेदवारहरू सबैको सहकार्य र कोअर्डिनेसन मिलेको छ’, गिरीले भने, ‘सबै कुरा सल्लाहमै भइरहेको छ। हिजो बेलुका चिसो र इलेक्ट्रोनिक मेसिनमा समस्या आएका कारण मतदान हुन नसकेपछि दुवैजना नेताले नै सल्लाह गरेन निर्णय लिनुभएको हो।


