काठमाडौं । काराेबारकाे तेश्राे दिन सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य फेरि नयाँ रेकर्ड कायम भएको छ ।
अघिल्लो दिन कीर्तिमान कायम गरेको सुनको मूल्य आज १ हजार ७०० रुपैयाँले घटेको हो भने चाँदी १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ६० हजार ७०० रुपैयाँले रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ३ हजार ८८५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।


