बुध, पुस २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

धारणा न्यूज by धारणा न्यूज
२ दिन अगाडि
Reading Time: 1 min read
0
सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरिसकेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरे पनि यसको विषयबारे भने हालसम्म केही जानकारी दिएका छैनन् ।

चलचित्र घोषणा गरे पनि उनले हालसम्म विषय मात्रै पनि होइन, कलाकारबारे पनि जानकारी दिएका छैनन् ।

जेठमा छायांकनमा जाने तयारी रहेको भनिएको सिनेमाको टाइटलले संकेत गरेअनुसार अनुमान लगाइए के हुन्छ भन्ने प्रश्नमा निर्देशक सरोज भन्छन्, “करिब–करिब गलत हुन्छ । तपाईंको दिमागमा के छ त्यो त मैले जान्ने कुरा भएन । तर, नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै सिनेमाको विषय हो भनेर बुझ्नु भएको हो भने त्यो चाहिँ पूर्णतया गल्ती नै हो ।”

टाइटल अनाउन्समेन्ट टिजरमा ‘सिन्दुरे जात्रा’कै विषय सिनेमाको मुख्य कथानक छ जस्तो देखिन्छ नि ? भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छन्, “सत्य हो, छनक त्यही देखिन्छ । सिन्दुरे जात्रासँग कहीँ कतै सिनेमा जोडिएला पनि, तर मैले नढाँटी भन्दा यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन ।” निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताए ।

सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् ।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले अहिले तय भइनसकेको बताए ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।

यो पनि पढ्नुहोस्

‘मिरमिरे’को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर  

‘मिरमिरे’को गीतमा दयाहाङपत्नी बेनुकाको स्वर  

१४ घण्टा अगाडि
उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

क्यान्सर जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

सरोज पौडेललाई प्रश्न– ‘सिन्दुरे जात्रा’को कथा के हो ?

आठौं राष्ट्रिय झण्डा दिवस मनाइयाे

इजरायलमा पाँच सय १३ प्यालेस्टिनी पक्राउ

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

प्लश टु सम्म मातृभाषा शिक्षा लागु गराउन शिक्षा मन्त्रीलाई ध्यानार्कषण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक