काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा सदस्यहरु मनोनित गरेको छ।
कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूणर्बहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा केन्द्रीय परिचालन समिति अन्तर्गत केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा गठित “निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति” मा सदस्यहरु मनोनयन गरेका हुन्।
यी सदस्यहरु मनोनयनमा
१. किरण गिरी – काठमाडाैं
२. आनन्द सन्तोषी राई – धनकुटा
३. डि.पी. अर्याल – धादिङ्ग
४. डि.पी. उपाध्याय – कैलाली
५. गणेश के.सी. – काठमाण्डौ
६. श्याम विश्वकर्मा – संखुवासभा
७. दिलिपाश्री अधिकारी – स्याङ्जा
८. मनोज चौधरी – सुनसरी


