आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

ईसीएफको अवधि चार महिना थप

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
ईसीएफको अवधि चार महिना थप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा सञ्चालन भइरहेको कार्यक्रम विस्तारित कर्जा सुविधा (ईसीएफ)को अवधि चार महिना थप गरेको छ ।

१५ मंसिरमा आईएमएफ कार्यकारी बोर्ड बैठकले नेपालले ईसीएफको म्याद चार महिना थप गरी ११ मे २०२६ सम्म पुर्‍याउन गरेको अनुरोधलाई स्वीकृति प्रदान गरेको हो ।

ईसीएफको सातौं तथा अन्तिम समीक्षा सम्पन्न गर्नका लागि पर्याप्त समय पुगोस् भन्नका लागि यो कार्यक्रमको अवधि थप गरिएको आईएमएफले एक विज्ञप्तिमार्फत जनाएको छ ।

सन् २०२२ को जनवरी १२ मा आईएमएफको कार्यकारी बोर्डले ३८ महिनाको ईसीएफलाई स्वीकृति प्रदान गरेपछि यो कार्यक्रम सुरु भएको थियो । यो कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख एसडीआर अर्थात् ३९ करोड ५९ लाख अमेरिकी डलर (हालको विनिमयदरअनुसार करिब ५७ अर्ब रुपैयाँ) ऋण लिएको थियो । त्यो ऋणको अन्तिम किस्ता आउन बाँकी छ ।

१ मे २०२३ मा यो कार्यक्रमलाई ११ जनवरी २०२६ सम्मका लागि अवधि थप गर्ने निर्णय आईएमएफको कार्यकारी बोर्डले गरेको थियो ।

त्यसबेला कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेकाले त्यसको सामना गर्न सहयोग गर्नु, समष्टिगत आर्थिक र वित्तीय स्थिरता कायम राख्नु र गरिब तथा जोखिममा रहेका जनतालाई संरक्षण गर्नु कार्यक्रमका प्रमुख लक्ष्य थिए ।

यो कार्यक्रम अन्तिम अवस्थामा पुग्दा हालै आईएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक डा. कृष्ण श्रीनिवासन नेतृत्वको टोलीले नेपाल भ्रमण गरेको थियो ।

यो कार्यक्रम सुरु भएको करिब चार वर्षमा ठोस प्रगति हासिल भएको अनलाइनखबरसँगको अन्तर्वार्तामा आईएमएफकी नेपाल मिसन प्रमुख डा. सरवत जहाँले बताएकी थिइन् ।

यही कार्यक्रमअन्तर्गत नेपालले आन्तरिक राजस्व परिचालन रणनीति विकास गरेको छ । त्यस्तै, नेपालले कर खर्च प्रतिवेदन र वित्तीय जोखिम रणनीति विवरण पनि तयार पारेको छ ।

पूँजीगत परियोजना छनोट र कार्यान्वयनमा सुधार गर्न नेपालले राष्ट्रिय परियोजना बैंक दिशानिर्देशनमा पनि संशोधन गरेको छ ।

यही कार्यक्रमअन्तर्गत अहिले १० ठूला वाणिज्य बैंकहरूको ऋण पोर्टफोलियो रिभ्यु (एलपीआर) बंगलादेशी अडिट फर्म हाउलादारले गरिरहेको छ ।

‘गएको चार वर्षमा नेपालले यो कार्यक्रमअन्तर्गत निकै बलिया सुधार लागु गरेको छ र स्थायित्व पुनस्र्थापित गरेको छ,’ डा. जहाँले बताएकी थिइन् ।

यो कार्यक्रमको अन्तिम समीक्षाअन्तर्गत चार महत्वपूर्ण संरचनात्मक बेन्चमार्क बाँकी रहेको डा. जहाँको भनाइ थियो ।

‘पहिलो– नेपाल राष्ट्र बैंक ऐन संशोधन गर्नु, दोस्रो– बलियो र उत्थानशील वित्तीय क्षेत्र सुनिश्चित गर्न कर्जा पोर्टफोलियो समीक्षा पूरा गर्नु, तेस्रो– बैंकिङ क्षेत्रको स्वास्थ्यको पूर्ण तस्वीर हेर्न सम्पत्ती वर्गीकरण सम्बन्धी नियम परिमार्जन गर्नु र चौथो– राजस्व संकलनमा सुधार गर्न भन्सार रणनीति विकास गर्नु,’ डा. जहाँले भनिन् ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक