एजेन्सी । अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो । गोली चलाउने व्यक्ति फरार छन् । कालो कपडा लगाएका ती व्यक्ति पैदलै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ ।
ब्राउन युनिभर्सिटी र सो आसपासका क्षेत्रमा रहेका मानिसहरुलाई घर बाहिर ननिस्किन भनिएको छ ।
यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।


