काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् ।
जारी केन्द्रीय कमिटी बैठकमा उनीहरुले यस्तो घोषणा गरेका हुन् । उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका छन् ।
केन्द्रीय कमिटी बैठक अहिले जारी छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्सीय बनाउने प्रस्ताव अघि सारेका छन् । तर ओलीको यो प्रस्तावलाई ईश्वर पक्षको अस्वीकार गर्दै आएको छ ।
ओलीको प्रस्तावमा सहमति नजुटेपछि जारी केन्द्रीय कमिटी बैठक लम्बिएकाले महाधिवेशन बन्दसत्र प्रभावित भएको छ ।


