आइत, चैत्र १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
एनआरएनए अध्यक्ष श्रेष्ठद्वारा अफ्रिकाका अभियन्ताहरूसँग अन्तरक्रिया
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले अफ्रिका महादेशका एनआरएन अभियन्ताहरूसँग भर्चुअल माध्यमबाट विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । संघभित्र हालै कायम भएको एकताको खुसी र सन्देश प्रवाह गर्ने उद्देश्यले जुममार्फत कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विगत केही वर्षदेखि संघमा देखिएको विवाद र विभाजनका कारण अभियान अप्ठ्यारोमा परेको स्मरण गरे । तर, अब संस्थागत एकता भइसकेको अवस्थामा संघ पहिलेकै स्वरूप र सक्रियतामा फर्कने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले अफ्रिका क्षेत्रका एनआरएन अभियन्ताहरूलाई विगतका तीतामीठा कुराहरू बिर्सेर फेरि एकजुट भई क्रियाशील हुन आग्रह गरे । उनले भने, “एकतापछि अब हामी बलियो भएका छौं, अफ्रिका क्षेत्रमा पनि संघलाई पहिलेकै अवस्था र उचाइमा पुर्‍याउन म यहाँहरू सम्पूर्णमा विशेष अनुरोध गर्दछु ।”

कार्यक्रममा अफ्रिकाका विभिन्न मुलुकमा रहेका एनआरएन प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन, एनआरएनए प्रवक्ता गंगाधर गौतम र सल्लाहकार हिक्मत थापाले आ-आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट (केन्या), महिला क्षेत्रीय संयोजक डा. सरिता पाण्डे भट्टराई (दक्षिण अफ्रिका), क्षेत्रीय सहसंयोजकद्वय छवि श्रेष्ठ (सेसेल्स) र विकास सुवेदी (घाना) को पनि सहभागिता थियो ।

कार्यक्रममा क्षेत्रीय महिला सहसंयोजक शान्ति सुवेदी (बोत्स्वाना), क्षेत्रीय युवा संयोजक भरत रिजाल (नाइजेरिया), उपसंयोजक सन्तोष उदास (तान्जानिया), एनसिसी दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्प भट्टराई, एनसिसी केन्याका उपाध्यक्ष भरत रेग्मी, तथा अन्तर्राष्ट्रिय समितिका मानार्थ परिषद सदस्यहरू मन थापा (नाइजेरिया) र रमेश शर्मा (रवान्डा) लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले अध्यक्ष श्रेष्ठको एकताको सन्देशलाई स्वागत गर्दै अफ्रिका क्षेत्रमा एनआरएनएको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

यो पनि पढ्नुहोस्

नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई हमला

नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई हमला

१३ घण्टा अगाडि
नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एमालेबाट १६ सांसदको नाम टुंगो

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव

रास्वपाको सचिवालय बैठक भाेलि बस्दै

न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक