काठमाडौं । कीर्तिपुरमा पछिल्ला केही महिनादेखि चोरीका घटना दिनानुदिन बढ्दै गइरहेको छ ।
कीर्तिपुर वडा नं. १० तःननि,भरियाँपुखु निवासी संजिव महर्जनको हिजाे राती करिब १ः३० बजे राती चोरी भएको छ । साे चाेरी भएकाे बाइक नम्बर बाग्मती प्रदेश २ ०५७ प ६६२२ रहेकाे छ ।
कहि कतै देख्नु भेट्नु भएको खण्डमा नजिककाे प्रहरी कार्यालयमा तथा सवारी धनी संजिव महर्जनकाे माेबाइल नम्बर 9810368461/9801008262 मा फोन गर्न उनले समेत अनुरोध गरेका छन् ।
आज भन्दा दुई महिना अगाडि स्थानीय सनिश महर्जनको बाइक हराइएको भएता पनि पुनः फेला परेकाे थियाे ।
कीर्तिपुरमा बाइक चोरीका घटना मात्र नभई उपत्यकामा चाेरी घटना बढिहरकाले स्थानीय तहका जनताहरूले असुरक्षित महसुस गर्न थालिएका छन् ।


