सुनसरी । देवानगंज गाउँपालिका-४ कौवाखोजबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी कप्तानगंजबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको बी आर ५० एजी ८९९३ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा मोटरसाइकल छाडी अपरिचित व्यक्ति फरार भएपश्चात मोटरसाइकलमा रहेको बोरा तलासी गर्दा ६० वटा प्याकेटमा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


