काठमाडौं । नागार्जुन नगरपालिका-३ ईचंगुनारायण सुकेधारास्थित लक्ष्मीनारायण केसीको घरमा किराना पसल संचालन गरी बस्ने काभ्रे तेमाल गाउँपालिका-२ घर भएका ४० वर्षीय सुनध्वज तामाङको किचन कोठामा बिहीबार दिउँसो लागेको आगो फैलिएर किराना पसलमा समेत आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सर्लाही, चक्रघट्टा गाउँपालिका-६ गोईयाही बस्ने ५५ वर्षीय सुरेन्द्र साहको घरमा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहट, देवाही गोनाही नगरपालिका-५ पिपरा टोल बस्ने आशा राय यादवको गोठमा विद्युत सर्ट भई बिहीबार दिउँसो लागेको आगो फैलिएर उनकै घर, छिमेकी चन्द्रिका राय यादवको गोठ र घर तथा गणेश राय यादवको घरमा समेत आगलागी हुँदा तीनै जनाको गरी करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


