शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । गतिशील लोकतान्त्रिक पार्टीले यही फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सहयात्राको निम्तो बाँडेको छ । उक्त निम्तो बमोजिम पहिलो निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणाली मार्फत उम्मेदवार हुन चाहने योग्य इमानदार, जनमुखी र परिवर्तनशील सोच भएका नेपाली नागरिकहरूबाट उम्मेदवारी आवेदन आह्वान गरेको छ । पार्टीको सिद्धान्त, नीति तथा घोषणापत्रप्रति प्रतिबद्ध व्यक्तिहरूलाई समानुपातिक प्रणाली तर्फका उम्मेदवारलाई यही पुष १० गते तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ यही माघ २ गतेभित्र उम्मेदवारी विवरण पेश गर्न पार्टीले आग्रह गरेको छ ।

परिवर्तनमा विश्वास गर्ने नेतृ्त्व देशलाई आवश्यक भएको महसुस गर्दै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ स्थानीय समुदायमा सकारात्मक पहिचान र सक्रियता भएको; सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध स्पष्ट प्रतिबद्धता व्यक्त गरी त्यसको कार्यान्वयन पनि गरेको; नागरिकका समस्यासँग जोडिने क्षमता र समाधानको योजना प्रस्ट भएको;  प्रभावकारी संवाद, जनसंगठन नेतृत्व र स्वच्छ छवि भएको; युवा, महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, पिछडिएको समुदायबाट आएका आवेदनलाई प्राथमिकता दिने गरी पार्टील‍े सहकार्यको मापदण्ड तोेकेको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ नीति निर्माण, सामाजिक न्याय, समावेशिता र विकासका विषयमा ज्ञान भएको; राष्ट्रिय स्तरमा योगदान दिन सक्ने क्षमताले युक्त; युवा, महिला, दलित तथा अन्य प्रतिनिधित्व आवश्यक समूहहरूको उपस्थितिलाई प्राथमिकता दिने; तथा भ्रष्टाचारमुक्त, जिम्मेवार, र मूल्य–आधारित सार्वजनिक छवि भएका व्यक्तिहरूलाई पार्टीले प्राथमिकतामा राख्ने भएको छ । दुवै प्रणालीतर्फ निर्वाचन कानुनले योग्य ठहर्‍याएका तथा नैतिकवान् व्यक्तिहरूबाट प्राप्त सहकार्यको प्रस्तावलाई स्वीकारिने पार्टीले जनाएको छ ।

पार्टीको वेबसाइटमा आवेदन दिनका लागि फारम भर्ने लिंक तथा फारम राखिएको छ । उक्त लिंक तथा फारमबाट आफ्ना विवरणहरू उल्लेख गरी फारमको हकमा [email protected] मा इमेल गर्न सकिन्छ ।

गतिशील लोकतान्त्रिक पार्टी, लोकतन्त्रलाई अझ सहभागितामूलक र अर्थपूर्ण बनाउन स्थापना भएको गतिशील मध्यमार्गी पार्टी हो । संवृद्धि, समता र स्वभिमान पार्टीका राष्ट्रिय लक्ष्य हुन् । “सुशासन, उद्यमशीलता, समता: वडा – वडामा दिगो रोजगारी हाम्रो प्रतिबद्धता !” पार्टीको मूल राजनीतिक एजेण्डा हो । गतिशील पार्टीले कृषि, पर्यटन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य तथा ऊर्जालाई रोजगारी सिर्जना र आर्थिक रूपान्तरणका प्राथमिकताका क्षेत्रहरू मानेको छ । संघीयता, धर्म निरपेक्षता, समावेशी व्यवस्था, संसदीय प्रणाली, गणतन्त्र जस्ता नेपालको संविधान २०७२ का मूलभूत सिद्धान्त तथा संरचनाहरूप्रति गतिशील पार्टी प्रतिबद्ध छ । पार्टीले लोकतन्त्रलाई अझ व्यावहारिक, प्रभावकारी र मितव्ययी बनाउन आवश्यक परेमा संविधान संशोधन गर्न सकिने विश्वास गर्दछ ।

यो पनि पढ्नुहोस्

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

११ घण्टा अगाडि
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक