सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको अभियोग लगाउँदै हाइप्रोफाइल व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो, जसमा ५ पूर्वमन्त्री, ९ पूर्वसचिव र निर्माण कम्पनीका प्रतिनिधिहरू समावेश छन् । ८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको बिगो दाबी गरिएको यो प्रकरणले नेपालमा व्याप्त भ्रष्टाचारको एउटा झल्को उजागर गरेको छ । पर्यटकीय क्षेत्र पोखरामा अझ पर्यटन विकास र देशकै अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले यो विमास्थल बनाउन थालिएको थियो । तर, यो निर्णय सही थियो कि थिएन भन्ने विषयमा जहिल्यै विवाद भयो । विशेषगरी निर्माण हुन लागेको स्थान र चिनियाँ ऋणको विषयमा मतभेद थियो । अहिले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनुले यसको औचित्यमाथि प्रश्न उठेको छ भने निर्माणका क्रममा भ्रष्टाचारले यो परियोजनालाई नेता–कर्मचारीको स्वार्थमा निर्माण भएको आशंकामा बल पुगेको छ ।

पोखरा विमानस्थलको निर्माण चिनियाँ कम्पनी सीएएमसीले गरेको हो । आयोजनाको कुल लागत २१ अर्ब रुपैयाँ अनुमान गरिएको थियो, तर अनियमितताका कारण लागत बढेको र गुणस्तरमा सम्झौता भएको आरोप लागेको छ । अख्तियारको अनुसन्धान अनुसार ठेक्का प्रक्रिया, सामग्री खरिद र निर्माण कार्यमा ठूलो भ्रष्टाचार भएको छ । पूर्वमन्त्रीहरूले नीतिगत निर्णयमा हस्तक्षेप गरेर कम्पनीलाई फाइदा पु¥याएको, सचिवहरूले फाइलहरूमा हेरफेर गरेको र कम्पनीका पदाधिकारीहरूले घूसखोरी गरेको आरोप छ । यो त एउटा प्रतिनिधि उदाहरण मात्र हो, नेपालमा भ्रष्टाचार दीर्घरोग बनेको छ, जसले विकास आयोजनाहरूलाई खोक्रो बनाउँदै आएको छ । नक्कली भुटानी शरणार्थी, ललिता निवास, टेरामक्स, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, यती होल्डिङ, स्वास्थ्य सामग्री खरिद, ओम्नीलगायत, गिरिबन्धु टीस्टेट, वाइडबडी खरिद लगायत यस्ता थुप्रै भ्रष्टाचारका प्रकरण छन्, जसलाई छानबिन र कारबाही अघि बढाउन आवश्यक छ । विगतमा यस्ता प्रकरणमा संलग्न भ्रष्टाचारीहरूले सधैं राजनीतिक संरक्षण पाउँदै आएको उदाहरण छ । उनीहरुमाथि छानबिन नै नहुने, अनुसन्धान दबाउन प्रयास हुने, मुद्दा दायर भए पनि कारबाहीबाट उन्मुक्ति पाउने गरेका उदाहरण त बग्रेल्ती छ ।

अहिले देशमा नागरिक सरकार छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री छिन् । उनी प्रधानन्यायाधीश हुँदा अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने जस्ता साहसी निर्णयले उनको छवि न्यायप्रेमीको रूपमा स्थापित भएको छ । अब अन्तरिम सरकारको प्रमुखका रूपमा उनले भ्रष्टाचारलाई जरोबाट उखेल्ने अवसर पाएकी छिन् । अन्तरिम सरकारले भ्रष्टाचार नियन्त्रणका लागि प्रणालीगत सुधार ल्याउनुपर्छ । सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण डिजिटल बनाएर पारदर्शिता बढाउन सकिन्छ । ई–बिडिङ प्रणालीलाई अनिवार्य गर्दा ठेक्कामा हुने चलखेल कम हुन्छ । अख्तियार जस्ता संस्थाहरूलाई थप स्वायत्तता दिने र उनीहरूको क्षमता वृद्धि गर्ने योजना लागू गर्नु पर्छ । भ्रष्टाचारीहरूलाई उन्मुक्ति नदिने प्रतिबद्धताले मात्र राष्ट्रिय एकता र विकास सम्भव छ । यो सरकारले न्याय, पारदर्शिता र जवाफदेहितालाई मूल मन्त्र बनाएर अगाडि बढ्नुपर्छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

२ मिनेट अगाडि
जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक