सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

किरण चेम्जोङले बंगलादेशी क्लब छाडे

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
किरण चेम्जोङले बंगलादेशी क्लब छाडे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले बंगलादेशी क्लब छाडेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत बंगलादेश पुलिस एफसी छाडेको जानकारी गराएका छन् ।

उनले गर्हौं हृदयका साथ क्लब छाडेको र धेरै माया रहेको जनाएका छन् । साथै क्लबको आगामी दिनमा सफलताको कामना गरेका छन् । टिममा धेरै सम्झन लायक कुराहरु रहेको र त्यो क्षण आफूले सधैँ सम्झने किरणले लेखेका छन् ।

नेपालमा नियमित घरेलु लिग नहुँदा कप्तान किरणसहित राष्ट्रिय टिमका ८ खेलाडी यसै सिजन बंगलादेशी लिग खेल्न विभिन्न क्लबमा अनुबन्ध भएका थिए । त्यसमध्ये किरण र आयुष घलान बंगलादेश पुलिस क्लबमा अनुबन्ध भएका थिए ।

बंगलादेश फुटबल फेडेरेसन (बीएफएफ)को गत जेठमा दक्षिण एसियाली राष्ट्रका खेलाडीहरूलाई ‘स्थानीय खेलाडी’को रूपमा गणना गर्ने निर्णय गरेपछि नेपाली फुटबल खेलाडीहरू बंगलादेशको लिगमा अनुबन्ध भएका थिए ।

२०७९/८० मा शहीद स्मारक ए डिभिजन लिग भएपछि नेपालमा पछिल्लो दुई सिजन ए डिभिजन लिग भएन भने यस सिजन पनि अझै अन्योल कायम छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजन पुष २५ गतेदेखि राष्ट्रिय लिग गर्ने र त्यो सकिएपछि शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको छ । नियमित लिग नहुँदा नेपाली खेलाडीहरु विदेश पलायन हुने क्रम अझै रोकिएको छैन ।

किरणले बंगलादेश क्लब छाडेपछि उनले नेपालकै कुनै क्लबबाट खेल्ने सम्भावना रहेको चर्चा समेत चलेको छ तर किरणले भने यसबारे केही सार्वजनिक गरेका छैनन् ।

किरण नेपाल, भारत र माल्दिभ्स तीन राष्ट्रको शिर्ष लिग जित्ने एक मात्र खेलेका हुन् । उनले सन् २०१६ पछि विदेशी लिग खेल्दै आएका छन् । यस्तै पहिलो सिजन नेपाल सुपर लिगमा धनगढी एफसीबाट खेलेका किरणले दोस्रो सिजन भने खेलेनन् ।

उनी नेपाली राष्ट्रिय टिमबाट १०० क्याप जित्ने पहिलो खेलाडी समेत हुन् ।

यो पनि पढ्नुहोस्

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

१० घण्टा अगाडि
खेलकुदमन्त्रीलाई कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याए

बब्लु गुप्ताले खेलकुद मन्त्रीबाट दिए राजीनामा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक