बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

एनपीएल सिजन–२ मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुग्याे

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई हराउँदै सुदूपश्चिम फाइनलमा पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्स १४ दशमलव १ ओभरमा अलआउट हुँदै मात्र ७८ रनमै समेटियो ।

तर विराटनगरलाई भने अर्को मौका छ । दोस्रो क्वालिफायरबाट विजेता हुने टिमसँग जित निकालेमा विराटनगर फाइनलमा पुग्नेछ । तर हारेको खण्डमा भने प्रतियोगितामा तेस्रो स्थानमा रहनेछ ।

विराटनरका लागि फापडुप्लेसिसले ३६, मार्सेन्ट डिलाङ्गेले १५ र बसिर अहमदले १२ रन बनाउनुबाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो बलमै श्याम हेजलेटलाई गुमाएर दबाबमा आएको विराटनगरले त्यसपछि मार्टिन गप्टिललाई पनि गुमायो । सिजनभर चलेका लोकेश बम पनि दबाबका कारण आजको खेलमा चल्न सकेनन् ।

विराटनगरलाई हराउन सुदूरपश्चिमका स्कट कुग्लेजिन, हरमित सिंह र अविनाश बोहोराले २/२ विकेट लिए भने हेमन्त धामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट निकाले ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ओपनर तथा विकेटकिपर विनोद भण्डारीको अर्धशतकीय इनिङ्समा निर्धारित २० ‌ओभरमा सात विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।

विनोदले ५२ बलमा ६३ रनको योगदान दिए । यस्तै श्लेडन ज्याक्सन र आरिफ शेखले २०/२० रन बनाउँदा हरमित सिंहले १४, इशान पाण्डेले १३ र मख्तार अमिदले १० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरी भने ३ रनमै रनआउट भए ।

विराटनगरका लागि मार्सेन्ट डिलाङ्गे र प्रतीश जिसीले २/२ विकेट लिँदा सूर्य तामाङ र श्याम हेजलेटले १/१ विकेट लिए ।

अब विराटनगरले इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् ।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

६ घण्टा अगाडि
इजिप्टले पेट्रोलको मूल्य बढायो

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक