शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जेनेस सलुशनको प्रडक्ट, गम्प,  एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको  फाइनलिस्टमा छनोट

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
जेनेस सलुशनको प्रडक्ट, गम्प,  एडब्लुएस शार्क ट्याङ्क प्रतियोगिताको  फाइनलिस्टमा छनोट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेश सलुशनले विकास गरेको, एजेन्टिक एआईमा आधारित सामुहिक सञ्चार प्लेटफर्म ‘गम्प’ (Genese Unified Messaging Platform – GUMP) एक विश्व सम्मेलनका क्रममा उत्कृष्ट ५ प्रविधिको रुपमा छनौट भएको छ ।

अमेरिकाको लास भेगासमा आयोजित एडब्लुएस रि:इन्भेन्ट  २०२५ का दौरान, अमेजन वेब सर्भिसेज (एडब्लुएस)  र अन्तरराष्ट्रिय प्रविधि वितरक इन्ग्राम माइक्रोको संयुक्त आयोजनामा भएको एडब्लुएस शार्क ट्याङ्क  प्रतिस्पर्धामा विश्वभरिका कम्पनीहरुले सहभागिता जनाएका थिए ।

जेनेस सलुशनले बैंक तथा फिनटेक संस्थाहरूलाई समयोचित, प्रासङ्गिक र व्यक्तिगत सन्देशमार्फत ग्राहकसँग प्रभावकारी ढङ्गले संलग्न हुन मद्दत गर्ने  कृत्रिम बुद्धिमत्तामा आधारित गम्प प्लेटफर्म  प्रस्तुत गरेको थियो। जेनेसद्वारा विकसित  प्लेटफर्मलाई साना तथा मध्यम उद्यम बजारका लागि शीर्ष पाँच एजेन्टिक एआई समाधान मध्ये एकका रूपमा स्थान दिइएको हो। प्रतियोगितामा  न्यूजील्यान्ड, अष्ट्रेलिया, क्यानडा र अमेरिकी कम्पनीहरूसँगै जेनेस पनि अन्तिम सूचीमा  परेको थियो।

“हामीले विकास गरेको  प्लेटफर्मबारे आएको प्रतिक्रियाबाट हामी निकै उत्साहित छौं । विश्व बजारमा यसका सम्भावनाबारे धेरै चासो देखाइएको छ,” जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने। उनका अनुसार यो प्रतियोगिता जेनेसका क्षमता र उपलब्धिहरूलाई विश्वकै प्रतिस्पर्धी मंचमा प्रस्तुत गर्ने उत्कृष्ट अवसर थियो।

जेनेस सलुशनका  मुख्य प्रविधि तथा मुख्य सूचना सुरक्षा अधिकारी निरञ्जन कुँवरले गम्पले जेनेसका इञ्जिनियर र डेभलपरहरूको प्रतिस्पर्धात्मक क्षमतालाई विश्वस्तरमै पुष्टि गरेको बताए। “हामीले विकास गरेको प्लेटफर्मलाई विश्व बजारमा यसरी स्वीकारिएको देख्दा निकै खुशी लाग्यो,” उनले भने।

एडब्लुएस रि:इन्भेन्ट  २०२५ ले एआई सहायकहरुबाट स्वतःनिर्णय लिन सक्ने, कैयौं दिनसम्म स्वतन्त्र रूपमा काम गर्न सक्षम स्वायत्त एजेन्टहरुतर्फको ऐतिहासिक रूपान्तरणको संकेत दिएको छ ।

डिसेम्बर १ देखि ५ सम्म आयोजित सम्मेलनमा  ५०,००० भन्दा बढी सहभागी प्रत्यक्ष उपस्थित थिए भने लाखौंले भर्चुअली सहभागिता जनाएका थिए। सम्मेलनमा एडब्लुएसले एआइमा आधारित भएर  विकास गरेका अत्याधुनिक प्रविधिहरुको पनि प्रदर्शन गरिएको थियो।

सम्मेलनमा एडब्लुएसले एआइमा आधारित भएर  विकास गरेका  जटिल र बहुदिने परियोजनाहरूमा स्वतन्त्र रूपमा काम गर्न सक्ने तीन विशेष “फ्रन्टियर एजेन्ट” सार्वजनिक गरेको थियो :

किरो एजेन्ट :
भर्चुअल सफ्टवेयर डेभलपर जसले धेरै कोड रिपोजिटरीहरूमा नेभिगेट गर्छ, बग फिक्स गर्छ, र मानवीय समीक्षाका लागि पुल रिक्वेस्ट सबमिट गर्छ। अमेजनले यसलाई आन्तरिक रूपमा आफ्नै विकासका लागि प्रयोग गरिरहेको छ ।

एडब्लुएस सेक्युरिटी एजेन्ट :
स्वचालित एप्लिकेशन सुरक्षा समीक्षा र सन्दर्भअनुसार पेनट्रेशन  टेस्टिङ गर्छ, साथै  डिजाइन डकुमेन्ट र सोर्स कोडको आधारमा कस्टमाइज्ड आक्रमण योजना तयार गर्छ।

एडब्लुएस डेभ अप्स एजेन्ट:
सिस्टम आउटेज हुँदा विस्तृत ‘मिटिगेसन प्लान’ तयार गर्छ, जुन इन्जिनियरहरूले अनुमोदन गरी कार्यान्वयन गर्न सक्छन्।

“एडब्लुएस प्रिमियर टिएर पार्टनरका रूपमा, हामी नयाँ प्रविधिहरूको प्रभावकारी उपयोग गर्न संस्थाहरूलाई सहयोग गर्न उत्साहित छौँ,” युके र आयरल्याण्डका लागि एडब्लुएस एम्ब्यासडर पनि रहेका फुयाँलले भने।

“एडब्लुएस प्रिमियर टिएर पार्टनरका रूपमा, हामी नयाँ प्रविधिहरूको प्रभावकारी उपयोग गर्न संस्थाहरूलाई सहयोग गर्न उत्साहित छौँ,” युके र आयरल्याण्डका लागि एडब्लुएस एम्ब्यासडर पनि रहेका फुयाँलले भने।

सन् २०२४ मा जेनेस सलुशनले ‘एडब्लुएस जेनरेटिभ ए आइ सर्भिसेज कम्पिटेंसी’ प्राप्त गर्यो।

जेनेस सलुशनको एडब्लुएससंगको सहयात्रा २०१८ मा ‘सेलेक्ट पार्टनर’ को रुपमा सुरु भयो। २०१९ मा जेन्स एडब्लुएसको ‘एडभान्सड पार्टनर’ बन्यो। सन् २०२४ मा जेनेस सलुशनले ‘एडब्लुएस जेनरेटिभ ए आइ सर्भिसेज कम्पिटेंसी’ प्राप्त गर्यो।   सोही वर्ष  जेनेस सलुशनले ‘शो केस स्पन्सर’ को रुपमा एडब्लुएस रि:इन्भेन्टमा आफ्नो एआई–सञ्चालित उपकरण गन्डाल्फ इनसाइट (GANDALF INSIGHT) प्रस्तुत गरेको थियो। यस वर्षको सहभागिताले पनि कंपनीको निरन्तर सिकाइ, निर्माण र क्लाउड विशेषज्ञहरूसँग सहकार्य गर्दै प्रविधिको द्रुत रूपान्तरणसँग कदम मिलाइरहन चाहने उसको उद्देश्यलाई सघाएको जेनेसले जनाएको छ।

यो पनि पढ्नुहोस्

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा  ‘रिबुट’ हुने

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा ‘रिबुट’ हुने

२ घण्टा अगाडि
१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक