सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

किसान र कृषिलाई प्राथमिकता दिनसके अर्थतन्त्र माथि उठ्छः बामदेव गौतम

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
किसान र कृषिलाई प्राथमिकता दिनसके अर्थतन्त्र माथि उठ्छः बामदेव गौतम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले किसान र कृषि क्षेत्रलाई प्राथमिकता दिनसके देशको अर्थतन्त्र माथि उठ्ने ठोकुवा गरे । सोमबार ललितपुरमा राष्ट्रिय किसान सञ्जालद्वारा आयोजित कार्यक्रममा किसानहरुको लामो संघर्षबाट समाजवाद उन्मूख संविधान लेख्न सफल भएको समेत दावि गरे ।

राष्ट्रिय किसान सञ्जालका संस्थापक अध्यक्षसमेत रहेका गौतमले कृषकहरुको हक, हित र अधिकार प्राप्त गर्न संविधानमा लिपिवद्ध गरिए पनि त्यसलाई व्यवहारमा लागु गर्न नसक्दा थप संघर्ष गर्नु पर्ने जोडदिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गौतमले आयोजक किसान सञ्जालले गाउँ–गाउँमा गएर कृषिलाई समयानुकुल प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु गरेकोमा धन्यवाद दिदै त्यसलाई निरन्तरता दिने विश्वास गरे ।

गौतमले नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा प्रष्ट बहुमत ल्याए किसान र कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँने प्रतिवद्धता व्यक्त गर्दै भने, “हाम्रो पार्टीले कृषि प्रधान देशको नामलाई वास्तविकतामा परिणत गर्ने छ ।”

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठले राष्ट्रिय किसान सञ्जाललाई एक ढिक्का बनाउँदै किसानका मुद्दाहरु सशक्तरुपमा उठाउदै अघि बढ्ने धारणा व्यक्त गरे ।
अखिल नेपाल किसान महासंघका इन्चार्ज बलराम बास्कोटाले सैद्धान्तिकरुपमा पुँजीवादी देशहरुसँग विचार नमिले पनि किसान साझा कार्यक्रमहरुमा सबैसँग सहकार्य गर्दै आएको र त्यसलाई निरन्तरता दिन पति बताए ।

अखिल नेपाल किसान महासंघका अध्यक्ष बलदेव चौधरीले देशको प्राकृतिक स्रोत र साधनलाई उचित व्यवस्थापन गर्न सके ३ करोड नेपाली जनतालाई सजिलैसित खाद्यान्न खुवाउन सकिने बताए ।

अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरव रेग्मीले नेपालको कृषि उत्पादनलाई बजारीकरण गर्नसके किसान आत्मनिर्भर मात्रै नभई देशको आर्थतन्त्रमा टेवा पुग्ने जनाए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का उपाध्यक्ष मिना तामाङले व्यवसायी कृषिमा महिलाहरुको महत्वपूर्ण सहभागिता रहेको धारणा व्यक्त गरिन् ।

अन्तर्राष्ट्रिय कृषि विकास कोषका नेपाल प्रतिनिधी कमल गैरेले नेपाली किसानहरुले संविधान प्रद्धत्त अधिकारलाई कार्यान्वयन गर्न सशक्त रुपमा अगाडि बढ्नुपर्ने धारणा राखे ।

पर्माकल्चर समूहका अध्यक्ष प्रेम थापाले किसानका कार्यक्रमहरु सोचेजसरी अगाडि बढाउन नसक्दा किसानहरु पछाडि परेको बताए ।

केन्द्रीय चिया सहकारी संघका केन्द्रीय सदस्य सोम आचार्यले सञ्जालले गरेका कार्यक्रम अन्तर्राष्ट्रियरुपमा पनि परिचित हुँदै गएको बताए ।

युवा किसान सञ्जालका अध्यक्ष निर्दोष तिमिल्सिनाले नेपाली कृषिलाई सार्थकरुपमा अगाडि बढाउन सके खाद्यन्नमा परनिर्भर हुन नपर्ने बताए ।

कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सञ्जालको कार्यक्रमले किसानलाई जागरुक र सरकारलाई समेत प्रेरित गरेको बताए ।

यूरोपियन यूनियनका वरिष्ठ कार्यक्रम अधिकृत मिन हमालले आफूले नेपालको कृषिलाई नजिकबाट निहालिरहेको बताउँदै आयोजकलाई धन्यवाद दिए ।

राष्ट्रिय कृषि सहकारी संघका प्रबन्धक रुद्रबहादुर श्रेष्ठले किसानलाई मुल्य श्रृङखलामा आवद्ध हुन अनुरोध गरे ।

राष्ट्रिय कृषि सहकारी संघका कार्यक्रम संयोजक काजल बज्राचार्यले कार्यक्रमको समग्र परियोजनाको विषयवस्तु प्रस्तुत गरेकी थिइन् ।

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले सन् २०२१ देखि सञ्जालमार्फत सञ्चालित एसिया प्रसान्त किसान कार्यक्रम र एसियाका लागि किसान संगठनहरु विषयक कार्यपत्र प्रस्तुत गरे । राष्ट्रिय किसान सञ्जालका संयोजक समेत रहेका खड्काले राष्ट्रिय किसान सञ्जाललाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

४ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक