काठमाडौं । जेनजी आन्दोलनपछि पहिलो पटक भेटेर केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँने वाचा गरेपछि नेपाली कांग्रेस संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालत पुगेको छ ।
हिजो शेरबहादुर निवास महाराजगञ्ज पुगेर ओलीले अहिलेको सरकारलाई विस्थापित गर्न संसद पुनःस्थापनाका लागि कांग्रेसले सघाए प्रधानमन्त्री बनाउने कसम खाएका थिए ।
ओलीले आफ्नै निवासमा आएर आफूलाई प्रधानमन्त्री नै बनाउने कसम खाएपछि शेरबहादुरले विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसदले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनःस्थापनका लागि रिट दिएका हुन् ।
कांग्रेसले बैठकबाटै संसद पुनःस्थापनाका विपक्षमा रहदैँ चुनावमा जाने निर्णय गरेको थियो । तर, ओलीले फकाएपछि शेरबहादुर पनि सकारात्मक बन्दै प्रधानमन्त्री बन्ने अन्तिम मौकाको लागि सर्वोच्च गएका हुन् ।


