काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले काठमाडौंमा पहिलाे पटक सभा आयोजना गरेको छ ।
श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरेपछि काठमाडौंको आयोजना गरेको यो पहिलो औपचारिक सभा हो ।
सिफल चौरमा आयोजित सभालाई ‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको छ । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर समेत रहेका पार्टी अध्यक्ष हर्क साम्पाङसहितका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ । साम्पाङले पानसमा बत्ती बालेर कार्यक्रम उदघाटन गरेका छन् ।


