शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बाँके  । बाँकेको नरैनापुरमा पछिल्लो समय शिक्षा क्षेत्रमा अनियमितता र माफियाकरणविरोधी आन्दोलनको नाममा सामाजिक सञ्जालमार्फत अनधिकृत बन्द–हड्तालका सूचना फैलिन थालेपछि नरैनापुर गाउँपालिकाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बिहिबार जारी गर्नु भएको विज्ञप्तिमा बिना पूर्वसूचना, कानुनी प्रक्रिया र संवादबिना गरिएको हड्ताललाई अवैध, गैरजिम्मेवार र समाजविरोधी भन्दै कडा शब्दमा आलोचना गर्नु भएको छ ।
अध्यक्ष शाहले विद्यालयका बालबालिकालाई पोशाकमै सडकमा उतारिएको दृश्यलाई अत्यन्त दुःखद, निन्दनीय र नैतिक–कानुनी दुवै आधारमा अपराधसरहको कृत्य बताउनु भयाे । यस्ता गतिविधिले बालअधिकार मात्र होइन, स्थानीय शिक्षा व्यवस्थापनलाई समेत गम्भीर रूपमा कमजोर बनाइरहेको टिप्पणी गर्नुभयो ।
नरैनापुरलाई शान्त, श्रमशील र सद्भावपूर्ण समुदायको पहिचान रहेको उल्लेख गर्दै अध्यक्ष शाहले केही व्यक्तिहरू व्यक्तिगत स्वार्थ तथा बाह्य प्रभावमा परेर सेवाप्रवाह नै अवरुद्ध पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । यस्तो कार्यले पालिकाको छवि मात्र होइन, भविष्यका पुस्ताको अधिकारमा समेत प्रत्यक्ष असर पर्ने उहाँको भनाइ छ ।
बन्द–हड्तालका कारण दैनिक ज्यालादारी मजदुर, विद्यार्थी, महिला, वृद्धवृद्धा र सर्वसाधारणको जनजीवन प्रभावित हुने उल्लेख गर्दै अध्यक्ष शाहले यस्ता गैरजिम्मेवार गतिविधि तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।
हाल शिक्षक सरुवालाई केन्द्रबिन्दु बनाएर केही समूहले जनताबीच भ्रम फैलाउने काम गरिरहेको गाउँपालिकाले आरोप लगाएको छ । अध्यक्ष शाहका अनुसार पालिकामा केही शिक्षकहरु मनोपरी रूपमा कार्य सञ्चालन गर्ने गरेको गुनासो स्थानीयले बारम्बार राखेपछि शिक्षा नियमावलीअनुसार नियमित सरुवा गरिएको थियो ।
उक्त सरुवा बदरको माग गर्दै केही शिक्षक अदालत पुगे पनि अदालतले सरुवा भएको स्थानमै हाजिर भएर काम गर्न आदेश दिएको गाउँपालिकाको दाबी छ । तर अदालतको आदेशलाई बेवास्ता गर्दै स्थानीय बिनय दिक्षितको नेतृत्वमा नरैनापुर–५ र ६ वडा अन्तरगतको हुलाकी सडकमा अवरोध पु¥याउने गतिविधि भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गाउँपालिकाले यस्तो कार्य जनताप्रति दुख दिने, अवैध र निन्दनीय भएको जनाएको छ ।
नरैनापुर गाउँपालिकाले शिक्षा र सार्वजनिक सेवा जस्ता संवेदनशील क्षेत्रमा अराजकता र भ्रम फैलाउने गतिविधि सह्य नहुने चेतावनी दिँदै, कानुनी प्रक्रियाअनुसार जिम्मेवार रूपमा संवाद र समाधानतर्फ आउन सबै सम्बद्ध पक्षलाई अनुरोध गरेको छ । गाउँपालिकाको शिक्षा समिति पूर्ण रूपमा कानुनी र प्रक्रियागत रूपमा सञ्चालन हुँदै आएको छ विज्ञप्तीमा भनिएको छ ।
त्यसैले गलत सूचना तथा अफवाहमार्फत जनतालाई भड्काउन खोजिएकाले यस्ता गतिविधिबाट टाढा रहन नागरिकलाई अपिल गरिएको छ ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरू कुनै राजनीतिक वा निजी स्वार्थका साधन होइनन्, उनीहरू देशको भविष्य हुन् । विद्यालयबाट निकालेर आन्दोलनमा प्रयोग गर्नु कानून र समाज दुवैले अस्वीकार गर्छ ।”
बालअधिकार ऐन तथा शिक्षा ऐनले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक क्रियाकलाप वा दबाबमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको भन्दै उहाँले अभिभावक, शिक्षक तथा समाजका सबै पक्षलाई यस्तो हानिकारक गतिविधिबाट सचेत रहन आग्रह गर्नु भएको छ ।
आन्दोलनको क्रममा बिनय दिक्षित नामक व्यक्ति संग फोनमा भएको वार्तालाई तोडमोड गरी गलत अर्थ लगाई आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको दाबी अध्यक्ष शाहले बिज्ञप्ती मार्फत गर्नु भएको छ ।
उक्त कार्यको उहाँले कडा शब्दमा निन्दा गर्दै सत्य–तथ्यबाट विपरीत जानकारी नफैलाउन चेतावनी दिनु भएको छ ।
अध्यक्ष शाहले नरैनापुरका सबै नागरिकलाई शान्ति, शिक्षा, विकास र सद्भावको पक्षमा एकजुट हुन आग्रह गर्नु भएको छ ।
उहाँले कुनै पनि समस्या शान्तिपूर्ण संवाद, तथ्य र कानुनी मार्गबाट समाधान गर्न गाउँपालिका तयार रहेको बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ ।
अध्यक्ष शाहले भन्नु भएको छ,“नरैनापुरलाई विकास, सुशासन र स्थायित्वतर्फ अगाडि बढाउने हाम्रो यात्रालाई व्यक्तिगत स्वार्थका कारण अवरुद्ध हुन दिइने छैन ।,”

यो पनि पढ्नुहोस्

एसइई नतिजा बिहीबारभित्र सार्वजनिक हुने

यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने

२३ घण्टा अगाडि
शिक्षक संगठनहरूलाई मान्यता नदिने

शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक