आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

ओसाका एक्स्पो–२०२५ भ्रमणमा अनियमितता

धारणा न्यूज by धारणा न्यूज
७ घण्टा अगाडि
0
ओसाका एक्स्पो–२०२५ भ्रमणमा अनियमितता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ओसाका, जापानमा आयोजना हुँदै गरेको वल्र्ड एक्स्पो–२०२५ मा सहभागी नेपाली अधिकारीहरूको भ्रमणसँग सम्बन्धित अनियमितता र सम्भावित भ्रष्टाचारका विषयमा गम्भीर प्रश्न उठेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घटना स्पष्ट गर्न ३० दिनको समय दिएर छानबिन प्रक्रिया अघि बढाएको छ ।
२०८१ चैत्र १३ देखि २८ सम्म जापान पुगेको नेपाली प्रतिनिधि टोलीमा सह–सचिव भरतविक्रम राणा, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रका निर्देशकहरू तथा बिध म्यानेजमेन्ट प्रालि र सम्बद्ध व्यक्तिहरू सहभागी थिए । टोलीले भ्रमणका क्रममा सरकारी स्रोत र पद अधिकारको दुरुपयोग गरेको आशंका मन्त्रालयमा दर्ता भएको छ ।
यस विषयमा जेन्जी २.० ले तीन निकायलाई आधिकारिक रूपमा जानकारी गराएको छ । जेन्जी २.० का प्रवक्ता अविन लिम्वूले भ्रष्टाचारीलाई कारबाही गर्न मागसहित आफूहले जानकारी गराएको जनाए । अर्का जेन्जी अमर सापकोटाले भ्रष्टाचार उन्मुलन नै यो सरकारको मुख्य एजेन्डा भएकाले यसलाई प्राथमिकताका साथ हेर्नुपर्नेमा जोड दिए ।
मन्त्रालयले विस्तृत विवरण संकलन र प्रारम्भिक छानबिनका लागि विभिन्न निकायलाई पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) लाई जानकारी गराइएको हो ।
राष्ट्रिय छवि प्रभावित हुने गम्भीर संकेत
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार घटनाबाट विभिन्न असर देखिएका छन् । सरकारी खर्च र व्यापार राजस्वमा अनियमितता, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छविमा नकारात्मक प्रभाव, धार्मिक तथा सांस्कृतिक पहिचानको गलत प्रस्तुति, सार्वजनिक पदको दुरुपयोग र सरकारी स्रोतको गलत प्रयोग, फेभिलियन निर्माणमा अनुमोदित मापदण्डविपरीत निर्माण सामग्री प्रयोग गरिएको आशंका, ठूलो आर्थिक भ्रस्टाचार तथा मिलेमतोमा निर्णय गरेको आरोप, एक्स्पो–२०२५ सम्बन्धी आधिकारिक विदेश भ्रमणको दुरुपयोग, नेपाल डे जस्तो मुख्य कार्यक्रममा समेत अधिकारीहरू अनुपस्थित रहेको विषय उठान रहेको जनाइएको छ ।
उद्योग मन्त्रालयले प्राप्त सूचनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी कारबाही प्रक्रियामा अघि बढ्ने बताएको छ । यसको परिणामले नेपाल सरकारको पारदर्शिता, उत्तरदायित्व र अन्तर्राष्ट्रिय सहभागिताबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

समानुपातिकतर्फको नाम आयोगमा पठाउने आज अन्तिम दिन, दलहरुलाई सकस

१ सय २ वटा राजनीतिक दल निर्वाचनमा जाने

३ घण्टा अगाडि
चीनद्वारा लङ मार्च–८ए रकेट प्रक्षेपण

चीनद्वारा लङ मार्च–८ए रकेट प्रक्षेपण

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक