बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

हाइकिङ अभियान प्रारम्भ

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
हाइकिङ अभियान प्रारम्भ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । देशका व्यवसायीहरुले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा महासंघका भावी अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा नयाँ प्रकारको अभियान‘भावी अध्यक्षसँग हाइकिङ’ सुरु गरेका छन्। अनौपचारिक वातावरणमा व्यवसायीका मुद्दा, समस्या सुन्ने, आपसी सहकार्य र संवादलाई बलियो बनाउने तथा आन्तरिक पर्यटन प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने उद्देश्यले हाइकिङ अभियान प्रारम्भ गरिएको हो।

शनिबारको पहिलो हाइकिङ यात्रा सूर्य विनायकदेखि ऐतिहासिक रानीकोटसम्म सम्पन्न भयो। घना हरियाली, खुला आकाश र काठमाडौं उपत्यकाको मनमोहक दृश्यसँगै सम्पन्न यो यात्रा सहभागी व्यवसायीका लागि केवल मनोरञ्जन मात्र नभई प्रकृतिसँग नजिकिने, स्वास्थ्यप्रति सचेत बन्ने, र आपसी सम्बन्ध गाढा पार्ने अवसर बनेको थियो।

व्यवसायीहरूका अनुसार हिँडाइका बीचमा गरिएको स्वतन्त्र संवादले नीति निर्माणदेखि लगानी वातावरण, उद्योग-व्यवसायका चुनौती, नेतृत्वको आवश्यकता र सम्भावित समाधानबारे नयाँ ऊर्जा, आशा र विश्वासनिर्माण गरेको छ। “हामीले भोगिरहेका समस्याहरू खुला वातावरणमा, खुलेर राख्न पाउनु एउटा स्वतन्त्रता हो,” उनीहरूले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले हाइकिङ अभियान सुरु गर्नुका पछाडि रहेको गहिरो दृष्टि प्रष्ट पार्दै भन्नुभयो  “देशका समस्या बुझ्न देश दर्शन आवश्यक छ। प्रकृतिसँग हिँड्दै–बुझ्दै जाने क्रममा व्यवसायीका वास्तविक चुनौती, सम्भावना र भावी दिशाबारे वास्तविक अनुभूति हुन्छ। आन्तरिक पर्यटनको प्रवर्द्धन, स्वस्थ जीवनशैली र मित्रता यी सबैलाई एकैसाथ अघि बढाउन हाइकिङ अभियान उपयुक्त माध्यम बनेको छ।”

उहाँले आगामी कार्यकालमा नेपाल उद्योग वाणिज्य महासंघले आन्तरिक अर्थतन्त्रलाई मजबुत बनाउन नयाँ सोच, नयाँ कार्यशैली, र साझेदारीमा आधारित अभियान अघि सारिने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो।

यसैबीच, नेपाल उद्योग बाणिज्य महासंघको स्थल यातायात तथा पारवहन समितिको सभापतिमा कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरेले हाइकिङ अभियानले व्यवसायीबीच अनौपचारिक संवाद संस्कृतिको नयाँ अभ्यास सुरु गरेको बताउनुभयो। उहाँकै संयोजनमा सम्पन्न पहिलो यात्रा अत्यन्तै व्यवस्थित, प्रेरणादायी र सफल भएको सहभागीहरूको प्रतिक्रिया छ।

नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीले यो यात्रालाई “हरेक पाइला देश दर्शन, हरेक दृश्य प्रेरणा” का रूपमा लिनुपर्ने बताउनुभयो। उहाँका अनुसार वरिष्ठ उपाध्यक्षको नेतृत्वमा सम्भव भएसम्म हरेक शनिबार हाइकिङ गरिने र पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका सुन्दर गन्तव्यहरू रोजिने, त्यसपछि उपत्यकाबाहिरका ऐतिहासिक-पर्यटनिय स्थानसमेत अभियानमा समेटिनेछ।

शनिबार सम्पन्न पहिलो यात्रामा मुलुकका प्रतिष्ठित व्यवसायी, विभिन्न वस्तुगत संघ–संस्थाका अध्यक्षहरू तथा युवा उद्यमीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो। हरेक सहभागीले हाइकिङ केवल शारीरिक गतिविधि मात्र नभई व्यवसायी समुदायलाई एकजुट बनाउने, नयाँ सोच विकास गर्ने र आन्तरिक पर्यटनलाई आर्थिक सबलताको आधार बनाउने अभियानको सुरुवात भएको मूल्यांकन गरेका छन्।

यसरी, भावी अध्यक्षसँग हाइकिङ’ अभियानले नेतृत्व, स्वास्थ्य, पर्यटन, संवाद र देश दर्शन यी पाँच आयामलाई एकै स्थानमा उभ्याउँदै व्यवसायी समुदायलाई नयाँ प्रेरणा र साझा दिशातर्फ अघि बढाएको छ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक