काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार केराको भाउ घटेको देखाएको हो । आज आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको छ ।
हिजो शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ ।


