बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने भएका छन् ।

निर्वाचन आयोग, गृह मन्त्रालय तथा सुरक्षा निकायलहरूले समेत रिपोर्ट र मतदाताहरूको संख्यालाई आधार मानेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी भएको छ । अघिल्लो निर्वाचनको मतदानस्थलहरू र अहिलेको मतदाता संख्या समेतलाई मध्यनजर गरेर १० हजार ९२६ मतदानस्थलहरू राख्नेगरी तयारी गरिएको छ ।

यो अहिलेसम्म प्रारम्भिक तयारी रहेको र यसमा केही थपघट हुनसक्ने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

‘१० हजार ९२३ मतदानस्थल रहनेगरी एक चरणको छलफल भएको छ । यसमा केही तलमाथि हुनसक्छ,’ काफ्लेले अनलाइनखबरसँग भने ।

उक्त मतदानस्थलमध्ये ३ हजार ५१८ मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहने बताइएको छ । सुरक्षा चुनौतीको आधारमा मतदानस्थलहरूलाई सामान्य, संवेदनशील र अति सामान्य गरी तीन भागमा वर्गिकरण गरिएको छ ।

जसमध्ये सुरक्षा निकायको रिपोर्टको आधारमा अहिले ३ हजार ५१८ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । अति संवेदनशील मतदानस्थलमा सोही अनुसार सुरक्षाकर्मी थप परिचालन गर्ने गरी तयारी गरिएको छ ।

यसरी  चुनावमा परिचालित हुँदै सेना 

त्यसैगरी ४ हजार ५२९ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ । तराईका जिल्लाहरू बढी अति संवेदनशील र संदेनशीलको सूचीमा परेका छन् ।

२ हजार ८७९ मतदानस्थलहरूलाई भने सामान्यको सूचीमा राखिएको छ । यसरी वर्गीकरण गरिएका मतादनस्थलहरूमा सुरक्षार्कीको संख्या कति र कसरी परिचालन हुने भन्नेबारे छलफल भइरहेको छ । यसको अन्तिम टुंगो भने लाग्न बाँकी छ ।

७ हजार १५० मतदानकेन्द्र अति संवेदनशील

२२ हजार ३०४ मतदान केन्द्र रहने गरी तयारी गरिएको छ । यसको संख्यामा निर्णय हुन बाँकी रहेकाले केही तलमाथि हुने बताइएको छ ।

उक्त मतदान केन्द्रहरूमध्ये ७ हजार १५० मतदान केन्द्रहरू अतिसंवेदनशीलको सूचीमा राखिएको छ । संवेदनशीलको सूचीमा ९ हजार ३२० मतदान केन्द्रहरू छन् ।

५ हजार ८३४ मतदान केन्द्रहरू भने सामान्य सूचीमा राखिएको छ ।

मतदान केन्द्र र स्थलहरूको सूरक्षाका लागि तीन घेरामा सुरक्षा निकाय परिचालन गर्नेछन् । पहिलो घेरामा म्यादी प्रहरी, गुप्तचर, नेपाल प्रहरी खटिनेछन् ।

त्यो भन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी बलको टोली खटिने बताइएको छ । सबैभन्दा बाहिर भने नेपाली सेना परिचालन हुनेछ । नेपाली सेना परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृत भइसकेको छ ।

त्यस्तै, म्यादी प्रहरी भर्ना प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । १ लाख ३२ हजार भन्दा बढी म्यादी प्रहरी भर्ना गर्ने तयारी छ । प्रहरी जवान सो सरहको सेवा सुविधा र तलब दिएर ४० दिनका लागि म्यादी प्रहरी भर्ना गरिने गरी प्रक्रिया अघि बढाइएको छ । म्यादी प्रहरीलाई यो पटक भने निर्वाचन सुरक्षा प्रहरी भनिने बताइएको छ ।

अहिले पहिलाको भन्दा सुरक्षा चुनौती जटिल बनेको, फरक अवस्थामा निर्वाचन हुन लागेको, सुरक्षाकर्मीका लुटिएका हतियारहरू बाहिरै रहेको, कारागारबाट भागेका कैदी र थुनुवाका कारण सुरक्षा चुनौती थप जटिल बनेको, मतदाताको संख्या पनि थप भएको जस्ता कारणले सुरक्षा संवेदनशीलता बढेको बताइएको छ ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा कारागार तोडफोड तथा आगजनी गरी १४ हजारभन्दा बढी कैदी फरार भएका थिए । अझै ५ हजार बढी कैदीबन्दी कारागार बाहिरै छन् ।

यता, प्रहरीका मात्रै १ हजार २७१ हतियार लुटिएका थिए । तीमध्ये करिब आधा हतियार अझै बाहिरै छन् । लाइभ राउन्ड गोली मात्रै ९८ हजार हराएका छन् । ठूलो संख्यामा गोली, हतियार गायब हुनु र कैदीबन्दी तथा थुनुवाहरू कारागार र हिरासत बाहिरै रहनुले ठूलो सुरक्षा चुनौती हुने बताइएको छ ।

यसैलाई आधार मानेर मतदानस्थलहरूलाई वर्गीकरण गरिएको छ ।

यो पनि पढ्नुहोस्

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

१० घण्टा अगाडि

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक