बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
ओली र लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । जेनजी आन्दोलनका क्रममा भएको दमन र हिंसात्मक गतिविधिको छानबिन गर्न बनेको आयोगले तत्कालीन सरकारको नेतृत्वमा रहेकाहरूको बयान लिने तयारी गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई यसै साताभित्र बोलाउने गरी आयोगबाट पत्राचार गर्न लागिएको छ । नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङको १–२ दिनमै बयान लिने र त्यसपछि बाँकी उच्च पदस्थहरूसँग बयान लिएपछि ओली र लेखकसँग बयान लिने आयोगका प्रवक्तासमेत रहेका पूर्वएआइजी विज्ञानराज शर्माले जनाएका छन्।

उनका अनुसार केही उच्च पदस्थहरूको बयान बाँकी रहेकाले ढिला भएको हो । अब छिट्टै नै उनीहरूको बयान लिइनेछ। १–२ साताभित्र उनीहरूको बयान लिने गरी काम भइरहेको जनाइएको छ ।

तर, आयोगले बोलाउँदैमा आफू बयान दिन नजाने भन्दै ओलीले सार्वजनिक रूपमै भन्दै आएका छन् । यस्तो अवस्थामा आयोगले कसरी बयान लिन्छ रु भन्ने प्रश्नमा आयोग भन्छ ‘सकेसम्म बयान लिने प्रयास गर्ने हो, बयान नदिए सोध्न तयार पारिएको प्रश्नमा जबाफ दिएनन् भनेर प्रतिवेदनमा खुलाउने हो ।’

तर, एमालेकै केही नेताहरूले ओली बयान दिन जानुपर्ने तर्क राख्दै आएका छन् । कानुनी रूपमै आफ्नो कुरा प्रष्ट पार्ने ठाउँ आयोग नै भएकाले त्यहीँ गएर आफ्नो कुरा राख्नुपर्ने पूर्वप्रहरी नायब महानिरीक्षक ९डिआइजी० हेमन्त मल्ल ठकुरी बताउँछन् ।

तर ओलीले भने आयोगमा अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्व नै अस्वीकार गरिसकेका छन् । आयोग गठनअगावै कार्कीले सामाजिक सञ्जालमार्फत् ओलीसहित नेताहरू दोषी रहेको टिप्पणी गरेका थिए । उनको त्यही टिप्पणीलाई लिएर एमाले सशंकित छ भने कार्कीले आयोग नबन्दै ओलीलाई दोषी देखाइसकेकाले आयोगको निष्पक्षतामाथि एमालेका नेताहरूले पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।

भदौ २३ र २४ को सन्दर्भमा छानबिन गर्न गठन भएको ३ सदस्यीय आयोगको समयावधि करिब ३ साता मात्र बाँकी छ । आयोगले सोही अवधिभित्र काम सम्पन्न गर्ने गरी बयान लिने, प्रमाण संकलन, विवरण संकलन तथा प्रतिवेदनको कामलाई सँगसँगै अघि बढाएको छ ।

पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा गठित आयोगले भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने, घटना हुनुको कारणबारे जाँचबुझ गरी रायसुझावसहितको प्रतिवेदन पेस गर्ने, कारबाहीको सम्बन्धमा आवश्यक राय दिने, भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपाय तथा सुझाव पेस गर्ने र सुझाव कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्ने गरी ५ वटा कार्यादेश पाएको छ ।

यो पनि पढ्नुहोस्

कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने

सबै पदाधिकारीका लागि निर्वाचन प्रक्रिया सुरू

१२ घण्टा अगाडि
मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध

मसाल जुलुशको क्रममा पक्राउ गरेकोप्रति घोर बिरोध

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक