काठमाडौं । काठमाडौंकाे दशरथ रंगशालामा भएको खेलमा सुरु भएको साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा एपीएफ क्लबले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४-० ले पराजित गर्दै शानदार सुरुवात गरेको छ ।
शुक्रबारदेखि शुरु भएकाे खेलमा एपीएफको जितमा रश्मी कुमारी घिसिङ र मिना देउवाले २-२ गोल गरेका थिए । खेलकाे पहिलो हाफमा १ गोल गरेको एपीएफले दोस्रो हाफमा ३ गोल थप्यो ।
खेलको ३८औं मिनेटमा रश्मीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको ७०औं मिनेटमा मीनाले गोल गरिन् ।
८०औं मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गरिन् भने इन्जुरी समयमा मीनाले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफ ४-० ले विजयी भयो ।


