सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

याक्थुङ चुम्लुङ पोर्चुगलले चासोक तङ्नाम ८ डिसेम्बरमा मनाउने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
याक्थुङ चुम्लुङ पोर्चुगलले चासोक तङ्नाम ८ डिसेम्बरमा मनाउने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

पोर्चुगल । किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

लिम्बुहरुको महान चाड चासोक तङ्नाम ५०८५ को पावन अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम ०८ डिसेम्बर २०२५ सोमबारका दिन लिस्बोन स्थित सिटि वोकमुन्दोमा गर्ने भएको हो ।

कार्यक्रममा चर्चित गायक नरेश तुम्बाहाम्फे (फुर्के लाहुरे) को साथमा समधुर स्वरकी धनी गायिका मिजिरा सम्बाहाम्फेको सांगीतिक प्रस्तुति रहनेछ । साथमा निता पतङ्वा, माया लामा, श्रीद्दिका सुवेदी, प्रत्युसा राई, निया हाङ्सरुम्बा, साम्याङ लिवाङ लगायतको प्रस्तुति समेत रहने छ ।

चासोक तङ्नामको बारेमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रूकमान केरूङ भन्छन्  -:

चासोक (न्वागीपूजा) अर्थात् उँधौलीलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानेका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । ‘याक्थुङ मुन्धुम’ मा चासोक तङ्नामको शुरुवातबारे वर्णन गरिएको छ ।

मुन्धुमअनुसार कृषि युगअघि आदिम याक्थुङ्वाका पूर्खा सावायेत्हाङहरू जङ्गलमा पाइने तरुल, भ्याकुर, कन्दमूल आदि आगोमा नपकाई का“चै खाएर जीवनयापन गर्थे । जसले गर्दा कुपोषण र रोगव्याधिको सिकार हुन्थे । त्यसबाट मुक्ति पाउन उनीहरूले सर्वशक्तिमान तागेरा निङ्वाफुमाङ (प्रकृति) को पूजाआराधना गरे । त्यसपछि उनीहरूले पेनारमाङदःक् (कोदो), परामा (कोदोसँगै फल्ने बिरुवा), ताक्मारु (घैया धान), तुम्री (जुनेलो), साङ्घामा, लिङ्घामा र लङ्वामा आदि अन्नका बीउबिजन पनि पत्ता लगाए । आदिम पुर्खा सावायेत्हाङहरूले प्रकृतिबाट यसरी पाएको बीउबिजन तिनका चेली सिवेरा एक्थुक्मा र सिवेरा यावुङ्केक्माले काठ, ढुङ्गाको खन्ती र अङ्कुसेले खोरिया फा“डेर भस्मेमा छरिन् । त्यसपछि सावायेत्हाङहरूले बीउ बिजनको महत्व बुझेर सामुहिक खेतीपाती गर्न सिके ।

खेतीपातीसँगै उनीहरूले खोरिया र भस्मेमा उत्पादन भएका अन्नबाली आगोमा पकाएर खान थाले । बल्ल सावायेत्हाङका सन्तानले कुपोषण र रोगव्याधिबाट मुक्ति पाए । अन्नबालीको बीउ संरक्षण गर्दै खेती गर्न र फलेको बाली आगोमा पकाएर खान सिकाउने आदिम स्त्री सिवेरा याक्थुङ्मा (युमा?) प्रति हार्दिक कृतज्ञता प्रकट गर्न सावायेत्हाङहरूले पहिले सिवेरा याक्थुङ्मालाई चढाए । अनिमात्र सावायेत्हाङहरूले ती अन्नबाली खाने वाचा गरे ।

यस पर्वको अवसरमा नेपाल, भारत, हङकङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युरोप लगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय भेषभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङ्नाम मनाउँछन् । यस अवसरमा किरात याक्थुङ चुम्लुङ पोर्चुगलले पनि यहाँ भव्य तथा सव्य रुपमा मनाउन लागेको हो ।

यो पनि पढ्नुहोस्

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

५ घण्टा अगाडि
दुर्गा प्रसाईंलाई केही दिन थुनामै राखेर अनुसन्धान गरिने

दुर्गा प्रसाईं पक्राउ

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक