सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्राविधिक समस्या समाधान गर्न मोबाइल नम्बरहरू सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
प्राविधिक समस्या समाधान गर्न मोबाइल नम्बरहरू सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सूचना प्रविधि विभागले सञ्चालनमा ल्याएका सरकारी सूचना प्रविधि प्रणालीहरूमा देखिने प्राविधिक समस्या तत्काल समाधान गर्न मोबाइल नम्बरहरू सार्वजनिक गरेको छ । अब सरकारी कार्यालयहरूले प्रणालीमा समस्या आउँनासाथ तोकिएका डेडिकेटेड नम्बरमा सिधै सम्पर्क गर्न सक्नेछन् ।

विभागले कार्यालय समयभित्र सम्पर्क गरी समस्या टिपाउन एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS), एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (GIWMS) र केन्द्रिकृत ईमेल प्रणाली (Centralized Mail) का लागि छुट्टाछुट्टै नम्बर उपलब्ध गराएको हो । विभागका अनुसार, सरकारी कामकाजमा प्रयोग हुने एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा समस्या देखिए ९८६१४२६१८० मा सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै, एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीमा समस्या आए ९८६१४२६१७९ र केन्द्रिकृत ईमेल प्रणालीमा समस्या आए ९८६१४२६१८१ मा सम्पर्क गर्न विभागले अनुरोध गरेको छ । सरकारी कामकाजलाई कागजरहित, पारदर्शी र मितव्ययी बनाउने उद्देश्यले विभागले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

यो प्रणालीमार्फत सरकारी निकायले विद्युतीय हस्ताक्षर प्रयोग गरी टिप्पणी सदर, चिठीपत्र दर्ता–चलानी, बिदा तथा काज स्वीकृत र अभिलेख व्यवस्थापन जस्ता कार्य गर्दै आएका छन् । त्यसैगरी, सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ अनुसार सरकारी वेबसाइटहरूमा एकरूपता कायम गर्न विभागले वेबसाइट व्यवस्थापन प्रणाली विकास गरेको हो । यस प्रणालीमा अपाङ्गतामैत्री फिचर, गुनासो व्यवस्थापन र स्वचालित सहायक (च्याटबट) जस्ता विशेषता समावेश छन् ।

यसको प्रयोगले छुट्टै प्राविधिक जनशक्ति नभएका कार्यालयहरूले पनि एउटै टेम्प्लेटमा सहजै वेबसाइट सञ्चालन गर्न सकेका छन् । विभागले यी मुख्य प्रणालीहरू बाहेक केन्द्रिकृत ई-हाजिरी, नागरिक एप, एसएमएस गेटवे र स्थानीय तहको मोबाइल एप लगायतका सेवाहरू पनि सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

३७ मिनेट अगाडि
रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक