आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

राष्ट्र बैंकले थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँबराबरको सुन किन्याे

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशमा बढेको विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाउन वित्तीय उपकरणका रूपमा प्रयोग हुने सुनमा लगानी बढाएको छ ।  चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले हालसम्म थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँबराबरको सुन किनेको छ । यो सुन प्रमाणपत्रमा गरेको लगानी हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको अस्थायी वित्तीय विवरणअनुसार सुनचाँदीसँग सम्बन्धित सम्पत्तिमा राम्रै लगानी गरेको देखिन्छ । राष्ट्र बैंकको कुल सम्पत्ति विवरण हेर्दा सुन प्रमाणपत्रको लगानीमा ठूलो वृद्धि देखिन्छ ।

यस अवधिसम्म सुन प्रमाणपत्रको मात्रै लगानी एक खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी छ ।  यो तथ्यांक गत असार मसान्तसम्म (लेखापरीक्षण गरिएको)को लगानी एक खर्ब १८ अर्ब १९ करोड ३५ लाख रुपैयाँको तुलनामा ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँले बढी हो ।

गत असारको तुलनामा चार महिनामा राष्ट्र बैंकले थप २८ प्रतिशत सुन खरिद गरी ढुकुटीमा थपेको छ ।  त्यस्तै, गत आव २०८१/८२को तुलनामा ७५.२० प्रतिशतले बढी हो ।  गत आवको कात्तिकसम्ममा राष्ट्र बैंकले सुन प्रमाणपत्रमा मात्रै करिब ८७ अर्ब ३१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको थियो ।

यसअनुरूप एक वर्षको अन्तरमा थप ६५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँबराबरको सुन किनेको राष्ट्र बैंकले बताएको छ ।

सुनका गहना (भौतिक सुन) किनेर सन्दुकमा राख्नुभन्दा सुनको सेयर बजारमा लगानी (सुन प्रमाणपत्र) बढाएको राष्ट्र बैंकले जनाएको छ । जसले गर्दा बजारमा तरलता कायम राख्न र जोखिम कम गर्न मद्दत पुग्ने देखिन्छ ।
सञ्चिति थुप्रिएर २९ खर्ब नाघेपछि सुनमा लगानी

एकातर्फ, वैदेशिक रोजगारमा जानेको संख्या बढेसँगै रेमिट्यान्समा पनि महिनैपिच्छे उल्लेख्य वृद्धि भइरहेको छ ।  अर्कातर्फ,  पूर्वाधारजस्ता विकास निर्माणका गतिविधिले खासै गति लिन नसक्दा यस्ता वस्तुको आयात कम छ ।
जसका कारण समग्र आयात उपभोग्य वस्तुबाहेक अरूमा खासै बढ्न सकेको छैन ।

परिणामस्वरुप यस्तोमा खर्चिने विदेशी मुद्रा नबढ्दा गत असोजसम्ममा विदेशी विनिमय सञ्चिति थुप्रिएर २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।  यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपातमा ४८.८ प्रतिशत हो ।

गत असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल सञ्चिति अहिले ११.३ प्रतिशतले वृद्धि भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ ।  कुल सञ्चितिमध्ये राष्ट्र बैंकमा २६ खर्ब ६७ अर्ब ७० करोड  र बैंक तथा वित्तीय संस्था तीन खर्ब १२ अर्ब १० करोड कायम छ ।

उक्त सञ्चितिले वर्ष २०८२–८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अहिले भएको पर्याप्त सञ्चितिले १६.४ महिनाको आयात धान्न सक्ने स्थिति भएकाले आवश्यकभन्दा बढी सञ्चितिलाई राष्ट्र बैंकले सुन किन्नमा प्रयोग गरेको सहप्रवक्ता सुमन न्यौपाने बताउँछन् ।

सञ्चिति बढे पनि पुँजीगत खर्चलगायतका अन्य क्रियाकलाप नहुँदा सधैँ सञ्चिति मात्रै थुप्रिएर बस्नु राम्रो नहुने विज्ञहरूको तर्क छ ।  यद्यपि, राष्ट्र बैंकले यसरी थुप्रिएको सञ्चितिलाई अन्तर्राष्ट्रिय बजारमै लगानी गर्ने गर्छ ।

राष्ट्र बैंकको आम्दानीको मुख्य अंश नै विदेशी मुद्रा सञ्चितिलाई लगानी गर्नु हो ।  गत आवमा राष्ट्र बैंकले नेपाल सरकारलाई करिब ४२ अर्ब रुपैयाँ (नाफाको ठूलो अंश) बुझाएको थियो ।

सुनचाँदीमा मात्रै दुई खर्ब १० अर्ब लगानी

अन्तर्राष्ट्रिय बजारमा सुन प्रमाणपत्रमा लगानी गरेसँगै स्थानीय सुनचाँदीमा गरेको लगानीसमेत जोड्दा हालसम्म (कात्तिक मसान्तसम्म)मा सुनमा कुल लगानी दुई खर्ब १० अर्ब २९ करोड रुपैयाँहाराहारी पुगेको छ ।  यद्यपि, बैंकको भौतिक सुन र चाँदी सम्पत्ति तथा व्यापारिक मौज्दात (इन्भेन्टोरिज) को लगानी भने सामान्य छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता न्यौपाने राष्ट्र बैंकको यस्तो लगानी विशेषगरी पोर्टफोलियो विविधीकरण रणनीतिको एक हिस्साका रूपमा व्यवस्थापन गरिएको बताउँछन् ।  यो वृद्धिले बैंकले सञ्चिति विविधीकरण गर्ने क्रममा गोल्ड सर्टिफिकेट (सुनको प्रतिनिधित्व गर्ने वित्तीय उपकरण)मा आफ्नो लगानी विस्तार गरेको उनको भनाइ छ ।

यता, राष्ट्र बैंकको स्थानीय मुद्रा सम्पत्तिअन्तर्गत भौतिक सुनचाँदीमा भने बैंकको स्थानीय मुद्रा सम्पत्तिअन्तर्गत राखिएको भौतिक सुन र चाँदीको मूल्यमा भने खासै परिवर्तन भएको छैन ।

चालु आवको कात्तिक मसान्तसम्म सुनचाँदी सम्पत्तिको कुल मूल्य ५५ अर्ब ४१ करोड ६३ लाख  रुपैयाँ छ ।

यो मूल्य गत असार मसान्तसम्ममा रहेको ५५ अर्ब ४१ करोड ६५ लाखसँग लगभग बराबर छ, जसले गर्दा यो अवधिमा भौतिक रूपमा राखिएको सुन तथा चाँदीको मौज्दातमा ठूलो हेरफेर नभएको देखिन्छ ।

यससँगै, राष्ट्र बैंकको स्थानीय मुद्रा सम्पत्तिअन्तर्गत मौज्दात (इन्भेन्टोरिज) शीर्षकमा राखिएको व्यापारिक सुनचाँदीको मूल्यमा सामान्य गिरावट आउँदा चालु आवको कात्तिकसम्म एक अर्ब ९० करोड ३९ लाख रुपैयाँ मौज्दात छ । जबकि गत असारसम्म यस्तो मौज्दात १९ अर्ब २२ करोड ३० लाख रुपैयाँ थियो ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

४ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

५ घण्टा अगाडि

सुन खरिदमा मूल्यको फेरबदलबारे जानकारी दिँदै सहायक प्रवक्ता न्यौपाने भन्छन्, “कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार सुनको कुल भ्यालु एक खर्ब ५१ अर्ब देखाएको छ । जबकि, असार मसान्तमा यो एक खर्ब १८ अर्ब थियो । यद्यपि, यो भ्यालुमा आएको परिवर्तन सुनको खरिद मात्र नभई अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण महँगो परेकाले कुल मूल्यांकन परिवर्तन भएको हो ।” अहिलेको सुन लगानी टक्सारबाट बनाउने सिक्काजस्ता सबै जोड्दा कुल दुई खर्बभन्दा बढी हुन आउने उनले जानकारी दिए ।

राष्ट्र बैंक किन गर्छ सुनमा लगानी ? 

राष्ट्र बैंकले सुनमा लगानी गर्नुको मुख्य कारण पोर्टफोलियो विविधीकरण हो । सहप्रवक्ता न्यौपानेका अनुसार विदेशी सम्पत्ति व्यवस्थापन गर्दा सबैभन्दा पहिले तरलता सुनिश्चित गर्नुपर्ने हुन्छ ।

आयात गर्न पैसा आवश्यक पर्ने भएकाले नगद तथा बैंक ब्यालेन्स लिक्विडिटी (तरलता)का लागि राखिन्छ ।

“नियमित आवश्यकताभन्दा बढी भएको सञ्चिति रकम प्रतिफल प्राप्त गर्नका लागि लगानी गरिन्छ । यही क्रममा, टर्म डिपोजिट, विदेशी सेक्युरिटीज र सुनमा मिश्रण गरेर लगानी गरिएको हुन्छ । यो व्यवस्थापनलाई पोर्टफोलियो व्यवस्थापन भनिन्छ ।”

सम्पत्तिको उपयोगिताबाटै सरकारलाई ४२ अर्ब आम्दानी

राष्ट्र बैंकले सुनको लगानी नाफा कमाउने उद्देश्यले मात्र नभई पोर्टफोलियो म्यानेजमेन्ट र विविधीकरणका लागि गरेको हो ।  तरलतामा कमी आएमा वा देशको चालु खाता निरन्तर ऋणात्मक हुँदै गएमा यो सम्पत्ति आवश्यकताअनुसार बेच्न सकिन्छ ।

यसले सरकारको ऋण तिर्न वा अन्य आवश्यक खर्च जुटाउन सहयोग पुग्छ । तर, हालको अवस्थामा त्यस्तो आवश्यकता नदेखिएको सहप्रवक्ता न्यौपानेको भनाइ छ ।  राष्ट्र बैंकले सुनसँगै विभिन्न सेक्युरिटीमा गर्ने लगानी कात्तिक मसान्तसम्म उल्लेख्य वृद्धि भएको देखिन्छ ।

बैंकको वित्तीय विवरण विश्लेषण गर्दा, विशेषगरी विदेशी मुद्रा सञ्चिति र जगेडा कोषमा सुधार आएको देखिएको छ ।  राष्ट्र बैंकको कुल सम्पत्ति तथा दायित्वको योगफल ३० खर्ब २९ अर्ब ७० करोड १९ लाख रुपैयाँ पुगेको छ ।

यो तथ्यांक असार मसान्त २०८२ को लेखापरीक्षण गरिएको कुल सम्पत्ति २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ३९ हजार रुपैयाँको तुलनामा निकै बढी हो ।

तथापि, यसबीच विदेशी मुद्रा सम्पत्तिमा फड्को मारेको देखिन्छ । राष्ट्र बैंकको कुल सम्पत्ति वृद्धिमा विदेशी मुद्राको योगदान सबैभन्दा महत्त्वपूर्ण छ ।  हालसम्म कुल विदेशी मुद्रा सम्पत्ति २९ खर्ब १५ अर्ब २६ करोड ११ लाख २९ हजार रुपैयाँ रहेको छ ।

विदेशी मुद्रा सम्पत्तिभित्र पनि विदेशी सेक्युरिटीमा राष्ट्र बैंकको लगानी बढेर १८ खर्ब ३४ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ पुगेको छ ।  यस्तै, विदेशी बैंकहरूमा राखिएको मुद्दती निक्षेप पनि उल्लेख्य वृद्धि भई कात्तिकसम्म सात खर्ब १३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

यता, आईएमएफसँग सम्बन्धित सम्पत्ति पनि सामान्य वृद्धि भई २३ अर्ब ९३ करोड २५ लाख रुपैयाँ पुगेको छ ।  बैंक तथा वित्तीय संस्थासँगको नगद र ब्यालेन्स भने १९ खर्ब चार अर्ब ४२ करोड २६ लाख रुपैयाँमा छ । गत असारको तुलनामा सामान्य कमी आएको छ ।

यता, कुल स्थानीय मुद्रा सम्पत्ति एक खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

यसअन्तर्गत अन्य ऋण तथा ‘पेस्की’मा ठूलो वृद्धि देखिएको छ । जुन कात्तिक मसान्तसम्म १९ अर्ब ५३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, सरकारी सेक्युरिटीमा लगानी १५ अर्ब १३ करोड ९५ लाख ७४ हजार रुपैयाँ छ ।

यसरी राष्ट्र बैंकले उक्त सम्पत्तिमा गरेको लगानीबाट आएको प्रतिफल सरकारको खातामा पठाउने गर्छ । यसैकारण गत आवको सम्पत्ति व्यवस्थापनबाट भएको प्रतिफल राष्ट्र बैंकले विभिन्न कोषमा राखेर बाँकी भएको करिब ४२ अर्ब रुपैयाँ सरकारलाई दिएको थियो ।

मुद्रा निष्कासनमा सम्पत्ति धितो जरुरी

यी सबै सम्पत्तिहरू (सुन र विदेशी लगानी) राष्ट्र बैंकले मुद्रा निष्कासन गर्दा धितोका रूपमा पनि राख्न सक्छ, जसले केन्द्रीय बैंकको वित्तीय ‘ब्याकअप’को काम गर्छ । राष्ट्र बैंकले हालसम्म जति पनि नोट जारी गर्दै आएको छ, त्यसका लागि उक्त सम्पत्ति धितो राखिन्छ । यो अन्तर्राष्ट्रियस्तरमा अनिवार्य अभ्यास हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक