सो पार्टीका अध्यक्ष दलमर्दन कामीले जेनजी बिद्रोहबाट बनेको सरकारले आफ्नो जिम्मेवारीलाई पूर्ण ध्यान दिनुपर्ने र निर्धारित समयसीमाभित्रै चुनवा गराउनु पर्नेमा जोड दिए । अध्यक्ष कामीले जेनजी आन्दोलनमा दमन र घुसपैठ गर्ने दुबैलाई कडाभन्दा कडा कानुनी कारवाही गर्नु पर्ने माग गर्दै भने,“दमनकारीहरु तङ्ग्रिएर पुनः टाउको उठाउन खोजी रहेका छन्, भने अर्कोतर्फ घुसपैठ गरेर धन–जनको क्षति गर्ने तत्वहरु खुल्लमखुल्ला राज्यलाई चुनौति दिनु दुःखद विषय बनेको छ ।”
अध्यक्ष कामीले आफ्नो दलले गितार चिन्ह लिएर मैदानमा उत्रिएकोले समस्त मतदाताले गितार चुनव चिन्हमा मतदान गरिदिन पनि अपिल गरे ।
उपाध्यक्ष डा.शिवहरि भट्टराईले पछिल्लो समयमा दल र नेताहरु सस्तो लोकप्रियताका लागि समाज भड्काउने दिशातर्फ अग्रसर भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
महासचिव डा.तेजबहादुर रोक्काले लाखौं लाख नेपाली नागरिकहरु विदेशमा रहेकाले उनिहरुको मताधिकारलाई पनि सुरक्षित गर्न माग गरे । पुराना दलहरु त्यसप्रति उदासिन रहको जिकिर गर्दै रोक्काले भने,“देशमा भ्रष्टाचार र कुशासन चलाउने पुरातनवादीहरुले रोक्न चाहेपनि हामी विदेशमा रहेका नागरिकको मताधिकारप्रति प्रतिबद्ध छौं ।” एक पटकको नेपाली सदाका लागि नेपाली भन्ने मान्यता अनुरुप विदेशबाटै मताधिकार प्रयोग गर्न पाउनुपर्ने महासचिव रोक्काको तर्क थियो ।
पार्टीका सह–महासचिव तथा प्रवक्ता विदुर अधिकारीले जेनजी पुस्ताले गरेको साहसी बलिदानको स्मरण गर्दै, अब सम्पूर्ण अग्रगामी उदियमान दल–बल र शक्तिहरु कार्यनीतिक एकता गर्दै चुनावी रणमैदानमा एकसाथ होमिएर पुरातन दलतन्त्रलाई परास्त गर्नुपर्नेमा जोड दिए ।



धन्यवाद यहाँहरुलाइ
धन्यवाद । चुनाव हुनुपर्छ ।